बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024
ताइपेइ- सधैँजसो जापान र चीनबीच विवाद भइरहने सामुदि्रक टापूमा मन्दिर बनाउनुपर्ने प्रस्ताव एकजना ताइवानी अधिकारकर्मीले व्यक्त गरेका छन् ।
ताइवानी अधिकारकर्मीहरुको एक समूहका नेता टोनी हाउङ्ले भने- यो यी टापूहरुमा जापान र चीनका बीचमा निकै विवाद भइरहन्छ त्यसैले मन्दिर बनायो भने यसले समस्याको समाधान दिनपनि सक्छ ।
सो अधिकारकर्मीहरुको समूहले विवादास्पद दियायु टापूमा समुद्री भगवानको मन्दिर बनाउने अभियान नै थाल्ने भएको छ । सो समूहका नेता हाउङ्ले भने- अब ती विवादास्पद टापूमा समुद्री भगवानको मन्दिर निर्माणका लागि हामीले रकम सङ्कलनको काम थालिसकेका छौं ।
यी भगवानले सो टापूमा माछामार्ने माझीहरुको जिवन रक्षा गर्नेछन् र उनले ती माझीहरुको कामलाई आशिर्वाद पनि दिनेछन्- सो अधिकारकर्मीहरुको समूहका व्यक्तिहरुले बताए ।
जापान र चीनको सीमानामा पर्ने दुईवटा टापूका विषयमा विगत लामो समयदेखि विवाद हुँदै आएको छ । यी दुवै देशले ती टापू आ आˆना दाबी गरिरहेका छन् ।
सोही कारणले टोकियोमा चीन विरोधी र बेइजिङमा जापान विरोधी प्रदर्शनहरु पनि हुने गरेका छन् । हालैमात्र पनि ती टापूमा अनधिकृत रुपमा जापानी नागरिक प्रवेश गरेको आरोपमा चीनले जापानको विरोध गर्दै आएको छ ।
ती अधिकारीहरुले दुवै देशको अनुमतिमा नै आगामी केही दिनमै ती विवादास्पद टापूको भ्रमणका लागि जाने बताएका छन् । तर उनीहरुलाई दुई हप्तामात्र अघि सो क्षेत्रमा जान दिइएको थिएन ।
ती अधिकारकर्मीले सो मन्दिर निर्माणका लागि के कति रकम सङ्कलन गरिसकिएको छ भन्ने बारेमा भने केही बताएका छैनन् ।  यो पछिल्लो प्रस्ताव एवम् अभियानका बारेमा जापान र चीनले भने कुनै प्रतिक्रिया दिएका छैनन् ।

तपाईको प्रतिक्रिया