बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

टोकियो – नेपाली जनसम्पर्क समिति जापानले गत आइतबार टोकियोमा आयोजना गरेको सदभाव पिकनिक सफलताका साथ सम्पन्न भएको छ । नेपालको चरम राजनीतिक संक्रमण अवस्थामा केहि राजनीतिक दल तथा समाजको अगुवाहरुबाट जानेर नजानेर गरेको कार्यबाट सामाजिक बिग्रह, सामाजिक अविश्वास, एक अर्काप्रति शंका उपशंकाको बिजारोपणले आम नेपाली जनतामा असमाजस्यता, असुरक्षाको अनुभूति, एक अर्का द्वेष, अस्थीरता र अस्थायित्वको संघारमा पुगिरहेको नेपाल तथा नेपाली समाजको दुखदायी समयमा जापानमा बस्ने सम्पूर्ण प्रबाशी नेपालीहरु, नेपाललाई माया गर्ने जापानीहरुलाई एउटै गाठ, एकै साथ, हामी नेपाली एउटै छाहारी, गर्दै एकै ठाउँमा जुटाउन एकताको संघम यथार्तगत सन्देशमुलक सदभाव पिकनिक आइतबार भब्यताका साथ सम्पन्न भएको हो ।

जनसम्पर्क समितिका अध्यक्ष बलराम श्रेष्ठ र महामन्त्री आनन्द वहादुर क्षेत्रीले संयुक्तरुपमा जारी गरेको विज्ञप्तीमा कार्यक्रममा सहभागी भएर नेपाली सदभाबलाई कायम गर्न प्रत्यक्ष अप्रत्यक्षरुपमा सहभागी भएर वा नभएर सहयोग गरिदिनु हुने सम्पूर्ण नेपाली तथा जापानीहरुलाई आयोजकले धन्यवाद दिएको छ । एकतामुलक सदभाबको आयोजनाले नेपालको सामाजिक, राजनीतिक, आर्थिक, जातीय, सास्कृतिक एकता, सदभाव सहअस्थित्व, सहकार्य र नेपाली एकतालाई नयाँ सन्देश तथा मिलनको बाटो र शान्तिपूर्ण सैहार्दता र सामाजिक एकताको मिलनमा रुपान्तरण गर्न मद्दत गर्न सहयोग गरेको आयोजकको दावी छ ।

सदभाव पिकनिक कार्यक्रममा टोकियो, ओसाका, निगाता, हिरोसिमा, नागोया, आइची, आकिता, सेन्दाई, गुम्ना, फुकुई, होक्काइडो, यामागुची आदिबाट ब्यबसायिक साथीहरु, विद्यार्थीहरु, दाजु भाई दिदि बहिनी, आमा बुवा, भाइ बहिनी, बालक बालिका, श्रीमान् श्रीमती, कामदार मित्रहरु, महामहिम राजदुत तथा राजदुताबास नियोग परिबारहरु, पूर्व नेपालको लागि जापानी नियोग परिबारहरु, नेपालमा गई बिभिन्न कलेजमा अध्ययनरत जापानी विद्यार्थी, नेपालको राजनीतिक दलको प्रतिनिधित्व गर्ने भ्रातृ संगठनहरु, जापानस्थित जातजातिको प्रतिनिधित्व गर्ने संगठनहरु, सामाजिक संघ संस्थाहरु, साझा संस्था गैरआवासीय नेपाली संघका राष्ट्रिय तथा अन्तरराष्ट्रिय पदाधिकारीहरुको सहभागिता र सद्भावना मुलक संयोजन रहेको यस सदभाब पिकनिकमा मित्रता, पारिबारिक मिलन, सौहार्दता, एकतामुलक, खेलहरु, महिला तथा बालबालिका मुलक रमाइलो खेलहरु, बिंगो, नाटक, चटक, ध्यान, क्यारिकेचर, लोक दोहरी, सामुहिक नाच, समुहगत नाचको सफलतापुर्बक आयोजना गरिएको थियो ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया