बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

दोहा, कतार – सन्ध्या ग्रुप, मुग्लानी सौगात साहित्यिक पत्रिकाको आयोजनामा १४७ औं मोती जयन्ती समारोह तथा मुग्लानी सौगात साहित्य वाचन श्रृँखलाको प्रथम वाषिर्कोत्सवको अवसरमा खुल्ला गजल प्रतियोगिता-२०६९ गत शुक्रवारका दिन दोहाको टपफ़्रम रेष्टुरेण्टमा सम्पन्न भएको छ ।

सन्ध्याग्रुप कतार अध्यक्ष तथा मुग्लानी सौगात संरक्षक थर्चा लामाको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि अन्तरराष्ट्रिय नेपाली साहित्य समाज, कतार अध्यक्ष हेमन्त परदेशी, बिशेष अतिथि एनआरएनए आइसीसीका निवर्तमान उपाध्यक्ष सागर नेपाल, नवोदित साहित्यिक मोवाइल पुस्तकालय कतार अध्यक्ष तिर्थसंगम राई, नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतार कार्यवाहक अध्यक्ष प्रकाश आले मगर, बिशेष अतिथि नवोदित साहित्यिक वाचनालय कतारका कार्यवाहक अध्यक्ष युगयोगी राई, सन्ध्याग्रुप कतार तथा मुग्लानी सौगात साहित्यिक पत्रिकाको संरक्षक बिष्णु के.सी. कवि तथा नियात्राकार जय छङ्छा, अनेसास कतार च्याप्टरका प्रमुख सल्लाहकार शिखर बैद्य, नवोदित साहित्यिक मोवाइल पुस्तकालयका संस्थापक अध्यक्ष छन्द कवि बद्रिप्रसाद पराजुली रहेका थिए ।

त्यस्तै गरी अन्य अतिथिहरुमा अनेसास कतार च्याप्टरका निवर्तमान अध्यक्ष दिपक भेटवल, सन्ध्याग्रुप अलखोर, कतारका संस्थापाक अध्यक्ष सुरज तामाङ, मोरङ्ग सुनसरी सेवा समाज गोकुल, नेपाल महिला समाज कतारका अध्यक्ष रेखा राई, अन्तरराष्ट्रिय नेपाल कलाकार संघ अध्यक्ष डिएन मगर, नेपाल आप्रबासी तामाङ समाज कतारका अध्यक्ष शंखलाल तामाङ, नेपाली जनप्रगतिशिल मञ्च महिला प्रमुख रोजिना बस्तोला, स्याङजा सम्पर्क मञ्च कतार अध्यक्ष भेषराज पराजुली, नवोदित साहित्यिक वाचनालय कतारका निवर्तमान अध्यक्ष नवराज बि.क., साहित्य अनुरागी पवित्रा खड्का रहेका थिए । साथै निर्णायक मण्डलीमा प्रमुख श्याम रानाभाट, निर्णायक सदस्यहरु रबि रोषी, भानु सुनुवार रहेका थिए ।

कार्यक्रममा सभापति प्रमुख अतिथि, बिशेष अतिथिहरुबाट ब्यानर उदघाटन, दीप प्रज्वलन, मोतीराम भट्टको तस्बिरमा माल्यार्पण, राष्ट्रिय गीत तथा शहिदप्रति १ मिनेट मौन धारण गरी कार्यक्रमको शुभारम्भ गरिएको थियो ।

कार्यक्रममा सन्ध्याग्रुप कतारका प्रमुख सल्लहाकार बीरेन्द्रकुमार याक्थुम्वाले स्वागत मन्तब्य, प्रेम सापकोटाले मोतीराम भट्टको जीवनी र साहित्य वाचन श्रृङखलाको कार्यपत्र कार्यक्रम संयोजक दिलिप “अविरल” ले प्रस्तुत गरेका थिए ।

कार्यक्रममा मन्तब्य राख्नेहरुमा कवि तथा नियात्राकार जय छङ्छा राई, अनेसास, कतार च्याप्टरका संस्थापक प्रमुख सल्लाहाकार शिखर बैद्य, एनआरएनए आईसिसीका निवर्तमान उपाध्यक्ष सागर नेपाल, प्रमुख अतिथि अनेसास कतारका अध्यक्ष हेमन्त परदेशी, नवोदित साहित्यिक मोवाइल पुस्तकालय कतार अध्यक्ष तिर्थसंगम राई, अनेसास, कतार च्याप्टरका निवर्तमान अध्यक्ष दिपक भेटवाल, संस्थाका संरक्षक बिष्णु के.सी., छन्दकवि बद्रिप्रसाद पराजुली, नवोदित बाचनालयका कार्यवाहक अध्यक्ष युगयोगी राई, साहित्य अनुरागी पवित्रा खड्का, विषेश अतिथि प्रकाश आले मगर लगायतले आ-आफ्नो शैलीबाट शुभकामना मन्तब्य तथा मुग्लानी सौगातलाई सफलताको कामना गरेका थिए ।

खुल्ला गजल प्रतियोगीतामा सन्तोष सिटौला, राजु सुनुवार’मुखिया’, लक्ष्मी श्रेष्ठ, टीका खड्का राष्ट्प्रेमी, उत्तम न्यौपाने, विजय फम्बो, विक्रम पालुङ्वा, नविन लोवा, ,ईश्वर शाहि, सिताराम थापा, सन्तोष प्यासी, दिप गाँउले, बेचैन महत्तो, विन्देश्वर ठाकुर, जगतराम बर्देवा, राजन पोख्रेल, अतृप्त कमल, मानबहादुर कार्की, सोम थापा, प्रकाश पोडेल ‘शिरिष’, नबराज नवोदित, रुमन पिडा, गोबिन घायल, शम्भु कार्की, महमद सकुर, ज्ञानेन्द्र अंगाई, रमेश दर्नाल, लक्ष्मी श्रेष्ठ, नवराज भुजेल, सुजित नगरकोटी, प्रविन राई, विष्णुभक्त केसी लगायतले सहभागिता जनाएका थिए ।

सबैलाई पछि पार्दै दोलखाका राजु सुनुवारले प्रथम हुन सफल भई नेरु ७०००/ (सात हजार) र प्रमाण पत्र, धनकुटाका नबराज नवोदित द्वितिय स्थान हासिल गरी नेरु ५,०००/ (पाँच हजार) र प्रमाण पत्र, बुटवलका अतृप्त कमलले तृतीय स्थान हासिल गरि नेरु ३०००/ (तिन हजार) र प्रमाण पत्र, तनहु“का सोम थापाले सान्त्वना स्थान हासिल गरि नेरु १००० (एक हजार) र प्रमाण पत्र प्राप्त गरेका थिए ।

 

प्रथम, द्वितिय, तृतिय र सान्त्वना स्थान प्राप्त गर्नेलाई अतिथिगणहरुले पुरस्कार तथा प्रमाण पत्र प्रदान गरेका थिए । अन्य सहभागीहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

उक्त गजल प्रतियोगीतालाई नेपालबाट च्वाईस एफ एम ९०.४ मेघाहर्ज, रेडियो ताप्लेजुङ एफएम ९० मेघहर्ज, र मोरङ उर्लाबारीबाट प्रसारित इन्द्रेणी एफएम ९७.५ मेघाहर्जले एकै साथ प्रत्यक्ष प्रसारण गरेको थियो । एउटै कार्यक्रमलाई प्रत्यक्ष प्रसारण गरेको कतारको पहिलो रेकर्ड हो ।

 

 

 

तपाईको प्रतिक्रिया