शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024
काठमाडौं – २०१२ मिस वर्ल्डको उपाधि चीनकी वेन जिया यूले जितेकी छिन् ।
चीनको ओर्डसमा शनिबार साँझ भएको ६२ औं मिस वर्ल्डमा आयोजक राष्ट्रकै सुन्दरीले उपाधि जितेकी हुन् । वेल्स सुन्दरी फस्ट रनर अप भइन् भने अष्ट्रेलियाली सुन्दरी सेकेन्ड रनर अप भइन् ।
१ सय १६ मुलुकका सुन्दरीहरु सहभागी थिए ।
६२ औं मिस वर्ल्डमा नेपालको प्रतिनिधित्व गरिरहेकी सृष्टि श्रेष्ठ बिच ब्युटीको टप टेनमा पर्न सफल भएकी थिईन् ।
नेपालको प्रतिनिधित्व गरेकी मिस नेपाल सृष्टि श्रेष्ठ उपाधि विहीन भइन् । उनी उत्कृष्ट १५ मा पनि परिनन् । उनी उत्कृष्ट १० मा परेको बिच फेसनको उपाधि वेल्स सुन्दरीले जितिन् । सृष्टि यो चरणसम्म पुग्ने पहिलो नेपाली सुन्दरी हुन् । ***

तपाईको प्रतिक्रिया