बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024
काठमाडौं – मिस वर्ल्डको उपाधिका लागि अन्तिम प्रतिस्पर्धा आज हुँदैछ ।
चीनको ओर्डसमा जारी ६२ औं मिस वर्ल्डमा नेपालको प्रतिनिधित्व गरिरहेकी सृष्टि श्रेष्ठ बिच ब्युटीको टप टेनमा पर्न सफल भईसकेकी छिन्।
यसअघि उत्कृष्ट ४० मा परेका प्रतियोगीहरूमध्येबाट बिहीबार साँझ उत्कृष्ट १० को नाम घोषणा भएको हो । बिच फेसनमा छनोट हुने अन्य मुलुकहरूमा चीन, अस्ट्रेलिया, ब्राजिल, नाइजेरिया, चेक रिपब्लिक, कोलम्बिया, वेल्स, उत्तरी आयरल्यान्ड र ग्वाडेलोप छन् ।
‘नमस्ते नेपाल । राम्रो समाचार, म बिच ब्युटीको टप टेनमा छनोट भएँ,’ सृष्टिले फेसबुक मार्फत खुसी व्यक्त गर्दै भनेकी छन्, ‘निरन्तर माया र सहयोग गर्नुहुने सबैलाई धन्यवाद ।’ अहिलेसम्म मिस वल्र्डमा सहभागिता जनाएका नेपाली प्रतिस्पर्धीहरूमध्ये यो स्थानसम्म पुग्ने सृष्टि पहिलो हुन् । मिस वल्र्डमा नेपालका तर्फबाट पहिलो पटक सन् १९९७ मा झरना बज्राचार्यले सहभागिता जनाएकी थिइन् ।
सुन्दरीहरूको महामेलामा यस पटक १ सय १६ मुलुकका सहभागी छन् । ***

तपाईको प्रतिक्रिया