शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024
रौतहट- नेकपा (एमाले)का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले  संसदीय विकास कोषबाट आज रौतहटको क्षेत्र नं. १ टिकुलिया माध्यमिक विद्यालय गौरमा जिल्लाका  विभिन्न विद्यालयका दलित तथा मुस्लिम छात्राहरुलाई साइकल वितरण गर्नुभयो ।
कार्यक्रममा उहाँले १५ वटा सरकारी विद्यालयका एक सयजना दलित तथा मुस्लिम छात्राहरुलाई नयाँ साइकल वितरण गर्नुभएको हो ।
त्यस अवसरमा नेपालले राजनीतिक निकासका लागि दलहरुले एक अर्कामाथि दोष थुपार्नुको साटो  समस्या समाधान गर्न सहमतिमा आउनुपर्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया