बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024
भक्तपुर- नेकपा एमालेका नेता केपी शर्मा ओलीले सहमतीय सरकारको नेतृत्व लागि नेपाली काँग्रेसले तत्काल नाम दिनुपर्ने बताउनुभएको छ ।
प्रेस चौतारी नेपाल भक्तपुर शाखाले आज बालकोटस्थित ओली निवासमा आयोजना गरेको पत्रकार भेटघाटमा ओलीले सहमतीय सरकारको नेतृत्व नेपाली काँग्रेसले गरोस् भनेर नेतृत्व लिने व्यक्तिको नाम मागेको बताउनुभयो ।
ओलीले भन्नुभयो, “काँग्रेसलाई प्रधानमन्त्रीका लागि नाम देऊ भनेको छौं तर आफ्नो आन्तरिक कलहका कारण नाम दिन सकिरहेको छैन, काँग्रेसले तत्काल नाम दिनुपर्छ, आफ्नो आन्तरिक कलहका कारण सहमतीय सरकार गठन कार्य अवरुद्ध गर्न पाइँदैन ।”
काँग्रेसले सरकारको नेतृत्व नगरे एमालेबाट आफू सरकारको नेतृत्व गर्न तयार रहेको बताउँदै उहाँले भन्नुभयो, “काँग्रेसले नाम दिन नसके र एमाले पार्टीले मेरो नाममा उम्मेदवारको निर्णय गरेमा र अन्य पार्टीले पनि मलाई समर्थन गरेमा म प्रधानमन्त्रीको उम्मेदबार हुनेछु ।”

तपाईको प्रतिक्रिया