बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024
काठमाडौँ- नेकपा (एमाले) का नेता पृथ्वी सुब्बा गुरुङले आफ्ना अधिकारका लागि आफ्नै पार्टी हुनुपर्ने आवश्यकता खड्किएको बताउनुभएको छ ।
राष्ट्रिय आदिवासी जनजाति महिला मञ्चद्वारा आयोजित सभामा उहाँले एनेकपा (माओवादी)ले जातीय राज्यको एजेन्डा उठाए पनि त्यसलाई बेवास्ता गरेको तथा काँग्रेस र एमालेले त्यसमा उदासीनता देखाएकाले सबै आदिवासी जनजातिले आफ्ना अधिकारका लागि अन्तरपार्टी सङ्घर्ष गर्ने र सम्बद्ध दलभित्र कुरा नमिले जातीय पार्टी खोल्नुपर्ने बताउनुभयो ।
राष्ट्रिय आदिवासी जनजाति महिला महासङ्घकी अध्यक्ष ङमिी शेर्पा र महासचिव सोनी लामाले समग्र महिलाभित्रका आदिवासी जनजाति महिलाका लागि कोटा निर्धारण गर्न र जातीय पहिचानसहितको सङ्घीय राज्यका लागि आफूहरू सङ्घर्षरत रहने बताउनुभयो ।
यसअघि ललितपुरको पुल्चोकबाट निस्केको र्‍याली आदिवासी जनजातिको अधिकार सुनिश्चित गर, आदिवासी जनजातिको भाषालाई सरकारी कामकाजी भाषाको मान्यता प्रदान गर, आइएलओ सन्धि १६९ कार्यान्वयन गरजस्ता नारा लगाउँदै सभास्थल पुगेको थियो । अठारौँ अन्तर्राष्ट्रिय आदिवासी दिवसको अवसरमा आदिवासी जनजातिको अभियान, जातीय पहिचानसहितको संविधान भन्ने मूल नाराका साथ र्‍याली तथा सभा गरिएको हो ।

तपाईको प्रतिक्रिया