बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024
काठमाडौं– माग र आपूर्तिको सन्तुलनलाई कायमै राखेर दशैंमा बजारमा चिनीको अभाव हुन नदिन सरकारले भारतबाट चिनी झिकाउने भएको छ ।
वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव लालमणि जोशीले बजार व्यवस्थापन गर्दै उपभोक्ताको मागलाई सम्बोधन गर्न सरकार लागेको जानकारी दिनुभयो । व्यापारीहरूले गत वर्षको तुलनामा यस वर्षमा माग बढेको तर उत्पादन तथा आपूर्ति सहज नभएकाले अभाव हुनेतर्फ सचेत गराएका थिए ।
सचिव जोशीले अन्तर्राष्ट्रिय बजारमा चिनीको माग बढ्दै गएको तर त्यसको तुलनामा उत्पादन नभएकाले त्यसको प्रभाव सबैतिर पर्ने बताउनुभयो ।
चालु आर्थिक वर्षका लागि २२ लाख क्वीटल चिनी आवश्यकता पर्ने भएपनि आन्तरिक रूपमा १४ लाख क्वीटल मात्र उपलब्ध रहने गरेको छ ।
सरकारले भारतबाट एक लाख ५० हजार क्विटल चिनी झिकाएर आन्तरिक मागलाई सम्बोधन गर्न लागेको जानकारी दिइयो ।

तपाईको प्रतिक्रिया