बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024
राजविराज– नेपाल पत्रकार महासङ्घ सप्तरीका सदस्य राजविराज–४ निवासी विवेकानन्द झाको मङ्गलबार राति निधन भएको छ ।
मिथिला साप्ताहिकका कार्यकारी सम्पादक तथा श्रमजीवी पत्रकार पारिश्रमिक निर्धारण समितिका सदस्य झा लामो समयदेखि मिर्गाैलासम्बन्धी रोगबाट पीडित हुनुहुन्थ्यो ।
दुई दशकदेखि मैथिली साहित्य परिषद्सँग आबद्ध भई अध्यक्षसमेत रहिसक्नुभएका झा सप्तरीको पहिलो र नेपालकै दोस्रो मैथिली भाषाको पत्रिका मिथिला साप्ताहिकको संस्थापक हुनुहुन्थ्यो ।
झाको गत वर्ष फागुनमा त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा मिर्गौलाको सफल प्रत्यारोपण गरिएको थियो । मिर्गौला प्रत्यारोपणपछि इन्फेक्सनबाट प्रभावित झा तीन महिनादेखि शिक्षण अस्पतालमा भर्ना भई उपचार गराइरहनुभएको थियो ।
झाको निधनले मैथिली साहित्यको क्षेत्रमा अपूरणीय क्षति भएको परिषद्का निवर्तमान अध्यक्ष देवेन्द्र मिश्रले बताउनुभयो ।
स्व. झाका श्रीमती, दुई छोरा र एक छोरी छन् ।

तपाईको प्रतिक्रिया