शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024
काठमाडौं– नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति वैरागी काइँलाले उद्योगपति वसन्त चौधरीको प्रथम कविता सङ्ग्रह ‘मेघा’ विमोचन गर्नुभयो ।
लुनकरणदास–गङ्गादेवी चौधरी साहित्यकला मन्दिरले प्रकाशन गरेको उक्त कृति सार्वजनिक गर्दै कुलपति काइँलाले अक्षरमा उज्यालो हुने विचार व्यक्त गर्दै आफ्नो लेखनयात्रालाई निरन्तरता दिन सर्जक चौधरीलाई आग्रह गर्नुभयो ।
कविता सर्जकको अन्तस्करणबाट प्रवाहित हुन्छन् भन्दै उहाँले नेपाली कविताको फाँटमा मेघाको बेग्लै परिचय कायम गर्नेमा आफू विश्वस्त रहेको बताउनुभयो ।
नेपालीमा ४६ र हिन्दीमा लेखिएका ३६ कविता सङ्ग्रहित उक्त कृतिको प्राध्यापक उषा ठाकुर र समीक्षक लक्ष्मण गौतमले समीक्षात्मक टिप्पणी गर्नुभएको थियो ।
साहित्यकला मन्दिरका उपाध्यक्ष मोदनाथ प्रश्रितको सभापतित्वमा भएको विमोचन समारोहमा साहित्यकार विष्णुविभु घिमिरे, कलाकार हरिहर शर्मा तथा स्रष्टा चौधरीले मन्तव्य व्यक्त गर्नुभएको थियो । ***

तपाईको प्रतिक्रिया