बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

अष्ट्रिया– महिलाका लागि भित्रि कपडाकारुपमा ब्रा र पेन्टी अनिवार्यजस्तै भएको छ । बजारमा खाल खालका ब्रा र पेन्टी उत्पादन भइरहेका छन्, अझ भनौं जापानले त गर्मीमा चिसो हुने ब्रा समेत ल्याइसकेको छ ।

तर पुरानो ब्रा चाँही कति वर्षअघिको होला ? अष्ट्रियामा अहिलेसम्मकै पुरानो ब्रा र पेन्टी भेटिएको छ । ल्याप परीक्षण तथा पुरातात्विक खोजमा उक्त ब्रा र पेन्टी ६ सय वर्ष पुरानो भएको पत्ता लागेको समाचार एजेन्सी एपीले जनाएको छ ।
उक्त ब्रा र पेन्टी एक पुरानो दरवारमा भेटिएको थियो । अनुसन्धानकर्ताहरुले ब्रा र पेन्टीका लागि थप खोजी पनि जारी राख्ने जनाएका छन् ।

तपाईको प्रतिक्रिया