मंगलबार, बैशाख ०४, २०८१
Tuesday, April 16, 2024
काठमाडौं- ‘यो रेडियो नेपाल हो, अब प्रविण गिरीबाट समाचार सुन्नुहोस्’ युगको आइतबार अन्त्य भयो ।
बरिष्ठ सञ्चारकर्मी एवं प्राध्यापक गिरीको आइतबार बिहान निधन भएको हो । राजधानीको ओम अस्पतालमा उपचाररत उनको बिहान ७ : ३० बजे निधन भएको हो ।
क्यान्सरका विरामी ६२ वर्षीय गिरीलाई अघिल्लो शुक्रबार ओम अस्पताल भर्ना गरिएको थियो । उनले रेडियो नेपालमा अढाई दशक र नेपाल टेलिभिजनमा दुई दशक समाचार वाचन गरे ।
फरक शैलीको समाचार वाचनका कारण उनी रेडियो र टेलिभिजनमा लोकप्रिय थिए । सरकारी जागिरबाट अवकास पाएपछि गिरी एभिन्यूज टेलिभिजनको संस्थापक समाचार प्रमुख थिए भने हिमालय टेलिभिजनमा पनि संस्थापक समाचार प्रमुख रहे ।
गिरी त्रिभूवन विश्वविद्यालय अन्तर्गत अर्थशास्त्र विषयका सह-प्राध्यापकसमेत थिए ।
यसैबीच स्व. गिरीका छोरा विदेशमा रहेकाले अन्त्येष्टि सोमबारमात्रै गरिने पारिवारिक स्रोतले जनाएको छ ।
गिरीका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।

तपाईको प्रतिक्रिया