बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024
काठमाडौ – प्रधानमन्त्री डा. बाबुराम भट्टराई हात्तीवन रिसोर्टबाट आइतबार बिहान फर्किएका छन् ।  दुई दिन आराम गर्न उनी निजी सचिवालय, सुरक्षाकर्मीसहित उनी शुक्रबार बेलुका उक्त रिसोर्टमा गएका थिए ।
निर्वाचनसम्बन्धी ऐन संशोधन विधेयक राष्ट्रपतिलाई बुझाएलगत्तै उनी रिसोर्ट गएका थिए । त्यहाँ उनले आराम गर्नुका साथै पुस्तक अध्ययन गरेका छन् । यसअघि उनी अध्ययन र आराम गर्न भन्दै काभ्रेको धुलिखेलस्थित एक रिसोर्ट गएका थिए ।
संविधानसभा भंग हुनुअघि प्रमुख राजनीतिक दल निर्णायक वार्ता गर्न हात्तीवन रिसोर्टमा एक दिन बसे पनि बिनानिष्कर्ष फर्किएका थिए ।

तपाईको प्रतिक्रिया