बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024
पर्सा- वीरगन्जमा आज बिहान एक श्रीमान्ले आफ्नै गर्भवती श्रीमतीको हत्या गरी फरार भएका छन् ।
चार महिनाको गर्भवती रहेकी सोनीदेवी गोसाईलाई उनकै श्रीमान् भारत बिहार पश्चिमिचम्पारण बेतिया थान बसवारिया गाउँ निवासी बादल गोशाई (दास) ले आज बिहान डोलीले घाँटी थिची हत्या गरी फरार भएका हुन् ।
केही दिनअघि उपचारका लागि बीरगन्ज उपमहानगरपालिका -५ भगवतीटोलमा अवस्थित माइती आएकी सोनीसँग भेट्न शुक्रबार ससुराली आएका श्रीमान् बादद र सोनी राति एउटै कोठामा सुतेको र आज बिहान १० बजेसम्म सोनी बसेको ढोका नखुल्दा चिन्ता भई कोठाको ढोका फोडेर हेर्दा उनी ओछयानमा मृत अवस्थामा फेलापरेको र श्रीमान् कोठाको झयालबाट फरार भएको मृतकका मामा शर्मा गोशाईले जानकारी दिनुभयो ।
सानै उमेरमा पिताको मृत्यु भएकी सोनीको गत वैशाखमा भारतीय नागरिक बादलसँग विवाह भएको थियो ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक रवीन्द्र केसीले घटनाको अनुसन्धान भइरहेको बताउनुभयो । मृतकको घाँटीमा डोरीको गहिरो डाम रहेकाले उनको हत्या श्रीमान्ले नै गरी फरार भएको हुनसक्ने आशङ्का प्रहरीको रहेको छ ।
मृतक सोनीको शव परीक्षणका लागि बीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया