शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024
काठमाडौ- भौतिक योजना तथा निर्माण मन्त्री हृदयेश त्रिपाठीले यसपटक पनि बरिष्ठतालाई मिचेर नयाँ मुख्य सचिव नियूक्ती हुने खुलासा गरेका छन् ।
रिपोर्टर्स क्लब नेपालले शनिवार आयोजना गरेको साक्षात्कारमा मन्त्री त्रिपाठीले भने-यसपटक पनि नीति मिचेरनै मुख्य सचिवमा बढुवा हुन्छ । हाम्रोमा बरिष्ठता मिचेर आफू निकट मान्छेलाई ल्याउने गौरबशाली परम्परा छ । यसपटक पनि सोही गौरबशाली परम्परालाई निरन्तरता दिईन्छ ।
साक्षात्कारमा उनले मधेसी मोर्चा उमाकान्त झालाई मुख्य सचिव बनाउन अडान लिएको स्पष्ट पार्दै एमाले, काग्रेस र माओवादीले पनि अलग अलग नाममा दवाव दिईरहेको खुलासा गरे ।
सक्रमणकालमा पुरानो परम्परा परिवर्तन गर्न र रोक्न नसकिने बाध्यता पोख्दै त्रिपाठीले सचिवहरु आफै राजनीतिक लविङ गरेर हिड्ने गरेकोले पनि मुख्य सचिव नियूक्तीमा अप्ठ्यारो परेको सुनाए । यद्यपि उनले आईतवार बस्ने मन्त्री परिषदको बैठकले सहमतिमै कार्यबाहक मुख्य सचिव नियूक्तीको निर्णय गर्ने विश्वास ब्यक्त गरे ।
दलहरुवीच मतभेद रहेका संविधानका अन्र्तबस्तुमा सहमति नहुँदा सम्म प्रधानमन्त्रीको राजिनामा नआउने स्पष्टपार्दै त्रिपाठीले भने-पहिला संविधान कस्तो आउने र कसरी आउने कुरा स्पष्ट होस अनि सरकार परिवर्तनको कुरा स्विकार्न सकिन्छ तर त्यस विषयमा ग्यारेन्टी नभई हामि सरकार छाड्दैनौ ।
एकीकृत नेकपा माओवादी र मधेसी मोर्चाको सहयोग विना नयाँ सरकार निर्माण हुनै नसक्ने र निर्माण भए पनि टिक्नै नसक्ने ठोकुवा गर्दै उनले काग्रेस र एमालेले यो तथ्यलाई नबुझी अब्यवहारिक रुपमा सरकार परिवर्तनको कुरा गरिरहेकेा तर्क गरे ।
उनले सरकारले मंसिर ७ गतेकालागी संविधानसभाको निर्वाचनको घोषणा गरे पनि कानून भने जहिले पनि गर्न सक्ने गरेर खुल्ला रुपमा ल्याउन लागेको जानकारी दिदै दलहरुको सहभागिता विनाको जवरजस्ती निर्वाचन हुन नसक्ने स्पष्ट परे ।

तपाईको प्रतिक्रिया