बुधबार, बैशाख ०५, २०८१
Wednesday, April 17, 2024
काठमाडौं- मुख्यसचिव नियुक्तिका लागि भारतीय राजदूतावासबाट नामै किटेर सरकारलाई दबाब दिइएको छ । मुख्यसचिव चयनमा दूतावासले दिएको दबाबका कारण प्रधानमन्त्री डा. बाबुराम भट्टराई र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल चेपुवामा परेका छन् ।
 प्रधानमन्त्रीनिकट उच्च स्रोतका अनुसार नेपालका लागि भारतीय राजदूत जयन्तप्रसादले प्रधानमन्त्रीलाई उद्योगसचिव उमाकान्त झालाई मुख्यसचिव बनाउन दबाब दिएका हुन् । उनले प्रधानमन्त्री भट्टराईलाई फोन गर्नुका साथै आkm\ना दूतमार्फत दबाब दिइरहेको स्रोतले बतायो । दूतावासले झालाई मुख्यसचिव बनाउन सकिने अवस्था नआएमा वैकल्पिक रूपमा निर्वाचन आयोगका सचिव शंकरप्रसाद कोइरालाको नाम अघि सारेको छ । स्रोतले भन्यो, ‘दूतावासले झाको विकल्पमा कोइरालालाई अघि सारेको छ तर प्रधानमन्त्री तथा दाहाल यी दुवैजनालाई मुख्यसचिव बनाउने पक्षमा छैनन् । उनीहरू प्रधानमन्त्री कार्यालयका सचिव लीलामणि पौड्याललाई बनाउन चाहन्छन् ।’
अध्यक्ष प्रचण्डको सल्लाहमा प्रधानमन्त्री भट्टराईले यसअघिको नजिरमा टेक्दै दक्षता र कार्यक्षमताका आधारमा पौड्याललाई मुख्यसचिव बनाउने तयारी गरेका छन् । यसअघि वर्तमान मुख्यसचिव माधवप्रसाद घिमिरे र पूर्वमुख्यसचिवद्वय लोकमानसिंह कार्की र विमल कोइरालालाई कार्यदक्षताका आधारमा मुख्यसचिवमा नियुक्त गरिएको थियो । प्रधानमन्त्री कार्यालयका एक वरिष्ठ अधिकारीका अनुसार प्रधानमन्त्रीले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको शैली अख्तियारी गर्दै सचिव पौड्याललाई नै मुख्यसचिव बनाउने योजना बनाएका हुन् । घिमिरेलाई मुख्यसचिव बनाउँदा तत्कालीन मन्त्रिमण्डलमा नेपाल अल्पमतमा थिए ।
स्रोतका अनुसार राजदूत सिंहले उद्योगसचिव झालाई मुख्यसचिव बनाउनुपर्ने विषयमा अध्यक्ष दाहाललाई भेटेरै दबाब दिएका छन् । प्रचण्डनिवास लाजिम्पाटमा पछिल्लोपटक भएको भेटमा सिंहले झालाई मुख्यसचिव बनाउनुपर्ने बताएका थिए । त्यतिबेला अध्यक्ष प्रचण्डले मुख्यसचिव बनाउने विषय प्रधानमन्त्रीको निजी अधिकार भएकाले यसमा आफूले त्यति चासो नदिएको भन्दै पन्छिएका थिए ।
सरकारमा सहभागी मधेसकेन्द्रित दलका मन्त्रीहरू पनि भारतीय दूतावासकै लाइनमा झालाई मुख्यसचिव बनाउने अभियानमा लागिपरेका छन् । प्रधानमन्त्री कार्यालयका एक उच्च अधिकारीका अनुसार झालाई मुख्यसचिव बनाउनुपर्ने विषयमा प्रधानमन्त्री भट्टराई र गृहमन्त्री वियजकुमार गच्छदारबीच भनाभनसमेत भएको छ । उनीहरूबीच गत बिहीबार साँझ भनाभन भएको हो । त्यस क्रममा गृहमन्त्री गच्छदारले उद्योगसचिव झालाई नभई मुख्यसचिव नबनाए मधेसी मोर्चा सरकारबाट बाहिरिने चेतावनी नै दिएका थिए ।
गच्छदारको भनाइ थियो, ‘तपार्इं मधेसीहरूकै सपोर्टमा यो कुर्सीमा बसिरहनुभएको छ, त्यसैलाई ख्याल गर्दै मधेसीमूलका सचिव झालाई नै मुख्यसचिव बनाउनुपर्छ ।’ उनले मुलुक मधेसीहरूले चलाएमा मात्र ठीक स्थानमा आउने दाबीसमेत त्यस क्रममा गरेको स्रोतको भनाइ थियो । लोकतान्त्रिक फोरमका अध्यक्षसमेत रहेका गच्छदारले छिमेकी मित्रराष्ट्र भारतले समेत रुचाएका तथा मधेसी पहिचान बोकेका उद्योगसचिव झालाई मुख्यसचिव बनाउनुको विकल्प नरहेको जिकिर गरेका थिए । उनले नेपालको प्रशासनिक निकायको इतिहासमै मधेसी समुदायको व्यक्तिले प्रतिनिधित्व गर्ने अवसर पाएकाले त्यो अवसर गुमाउँदा एमाओवादीकै लागि ठूलो घाटा हुने चेतावनीसमेत दिएका थिए ।
प्रधानमन्त्री भट्टराईले पनि अनावश्यक दबाब दिएर समस्या चर्काउने काम नगर्न चेतावनी दिँदै झालाई मुख्यसचिव बनाउन नसकिने जवाफ दिएको स्रोतले बतायो । ‘पुराना धम्कीले यहाँ केही हुँदैन,’ प्रधानमन्त्रीले गच्छदारलाई भने, ‘मधेसी समुदायका व्यक्तिलाई भन्दा पनि स्वच्छ र इमानदार व्यक्तिलाई प्राथमिकता दिन्छु ।’
विभिन्न कार्यालयका प्रमुख रहँदा झाले अनियमितता गरेका प्रमाण आफूकहाँ आएकाले त्यस्ता विवादस्पद व्यक्तिलाई मुख्यसचिव बनाउँदा प्रशासनयन्त्र ध्वस्त हुने प्रधानमन्त्रीको भनाइ थियो । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार प्रधानमन्त्री कार्यालयमा सचिव झा बाग्मती सिँचाइ आयोजनाको प्रमुख बन्दा अनियमितता गरेकोलगायत फाइल पुगेको छ । विभिन्न कार्यालयमा रहँदा विवादास्पद काम गर्दै आएका झाले सिँचाइ मन्त्रालयअन्तर्गत सिँचाइ विभागको इन्जिनियर रहँदा आर्थिक अनियमितता गरेको आरोपसमेत लागेको छ ।
मधेसी मोर्चाबाट मन्त्री भएकाहरूकै दबाबका कारण शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकमा कार्यवाहक मुख्यसचिव नियुक्तिको विषयले प्रवेश नै पाउन सकेन । कामु मुख्यसचिव तोकिन नसक्दा मुख्यसचिव माधव घिमिरेले बिदामा बस्नसमेत पाएका छैनन् । उनले गत साता नै बिदा बस्नेबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए । स्रोतका अनुसार शुक्रबार मन्त्रिपरिषद् बैठक बस्नुअघि प्रधानमन्त्रीसहित वरिष्ठ मन्त्रीबीच भएको अनौपचारिक छलफलमा मन्त्रीहरूले आºनो अडान नत्यागेका कारण बैठकमा उक्त विषयले प्रवेश नपाएको हो ।
उद्योगमन्त्री अनिल झाले मुख्यसचिवको विषयमा फरक–फरक कुरा आएकाले बैठकमा सो प्रस्ताव अघि नबढेको बताए । उनले भने, ‘हामी सचिव झाको विषयमा मन्त्रिपरिषद् बैठकमा कडा रूपमा प्रस्तुत हुन्छाँै ।’ उनी पनि विभागीय सचिव झालाई मुख्यसचिव बनाउनुपर्ने भन्दै विभिन्न शक्तिकेन्द्र धाइरहेका छन् । आफू मधेसी नेता भएकाले मन्त्रिपरिषद्को बैठकमा सचिव झाको विषयमा कडा रूपमा प्रस्तुत हुने उनले बताए । झाले सौर्यसँग भने, ‘उहॉ(सचिव झा)ले पनि आºनोतर्फबाट सक्दो कोसिस गर्नुभएको छ, हामी पनि लागिपरेका छौँ ।’ स्रोतका अनुसार झाले पनि मुख्यसचिव बन्न लाखौँ खर्चेका छन् भने भारतका सबैजसो अधिकारीलाई गुहारेका छन् ।
प्रधानमन्त्री भट्टराईका प्रमुख स्वकीय सचिव गंगा श्रेष्ठले सोझै दबाब आएको कुरा आफूलाई जानकारी नभएको बताए । उनले भने, ‘मुख्यसचिवको मैदानमा सचिवहरूले आºनो दाबी प्रस्तुत गर्नु त नौलो कुरा होइन, त्यसका साथै विभिन्न कोणबाट अनेकखाले दबाब पनि आउनु स्वाभाविकै हो ।’
एमाले प्रचार–प्रसार विभाग प्रमुख प्रदीप ज्ञवालीले मुख्यसचिव नियुक्तिका लागि बाह्य दबाब आएको आफूले जानकारी पाएको बताए । ‘मुख्यसचिव नियुक्तिका विषयमा साँच्चै बाह्य हस्तक्षेप भएको हो भन्ने यो मुलुकका लागि गम्भीर कुरा हो,’ नेता ज्ञवालीले भने, ‘राजनीतिक छलफल र सहमतिमा हस्तक्षेप गर्दै आएको भारत सरकारले स्थायी सरकारका रूपमा चिनिने निजामती प्रशासन यन्त्रमा पनि आºनो प्रभुत्व जमाउन खोजेको देखिन्छ ।’ मुख्यसचिव नियुक्तिमा प्रधानमन्त्रीले अडान लिनुपर्नेमा जोड दिँदै उनले दबाबमा नपरी स्वच्छ, इमानदार र सक्षम व्यक्तिलाई मुख्यसचिव बनाउनुपर्ने बताए ।
नेकपा–माओवादीका सचिव देव गुरुङले पनि मुख्यसचिव नियुक्तिमा भारतको दबाब आएको भन्ने जानकारी पाएको बताए । ‘भारतले सधँै नेपाललाई आºनो उपनिवेशका रूपमा लिन चाहन्छ र हरेक निर्णयमा आºनो दबाब देखाउने गरेको छ,’ सचिव गुरुङले भने, ‘त्यस्ता खालका प्रत्यक्ष वा अप्रत्यक्ष चलखेल भारतले सधँैका लागि बन्द गर्नुपर्छ र यसविरुद्ध हामी सबै उत्रनुपर्छ ।’ उनले मुख्यसचिव दबाबमा नभई स्वच्छता र इमानदारीका आधारमा चयन गरिनुपर्नेमा जोड दिए ।
कांग्रेस नेता अर्जुननरसिंह केसीले भने मुख्यसचिव नियुक्तिमा भारतले दबाब दिएको भन्नुले सरकारको अक्षमता पुष्टि भएको बताए । उनले भने, ‘कसैलाई दोष दिएर सरकार उम्कन पाउँदैन, वरिष्ठताका आधारमा मुख्यसचिव नियुक्त गर्नुपर्छ ।’ कांग्रेस निर्वाचन आयोगका सचिव शंकर कोइरालालाई मुख्यसचिव बनाउनुपर्ने अडानमा रहँदै आएको छ ।
यता, मुख्यसचिवको दौडमा रहेका दर्जन सचिवले एक–अर्कामा खोट देखाउँदै आ–आºनो कोणबाट प्रधानमन्त्री भट्टराईलाई दबाब दिएका छन् । उनीहरू मुख्यसचिव पद हत्याउन चाणक्य नीति अर्थात् साम, दाम, दण्ड र भेद प्रयोग गरिरहेका छन् । स्रोतका अनुसार मुख्यसचिवको पहिलो नम्बरमा रहेका पौड्यालले प्रधानमन्त्री, माओवादी अध्यक्ष तथा अन्य कम्युनिस्ट पार्टीको सहारा लिएका छन् ।
निर्वाचन आयोगका सचिव कोइरालाले मुख्यसचिव बन्न कांग्रेसको शक्ति प्रयोग गरेका छन् । क्षमता र योग्यताका आधारमा आफू पहिलो नम्बरमा रहेकाले मुख्यसचिव हुने पक्का रहेको उनको विश्वास छ । स्रोतका अनुसार भारतले समेत मुख्यसचिवका रूपमा आफूलाई रुचाएको उनको दाबी छ ।
सिँचाइसचिव बिन्दा हाडाले पनि मुख्यसचिवका लागि आºनो शक्ति प्रस्तुत गर्दै प्रधानमन्त्रीलाई दबाब दिएकी छन् । उनले प्रधानमन्त्रीपत्नी हिसिला यमी तथा महिलावादी विभिन्न संघ/संगठन प्रयोग गर्दै प्रधानमन्त्रीलाई दबाब दिएकी हुन् । निजामती प्रशासनको नेतृत्वमा आजसम्म महिलाले नेतृत्व नगरेको र आफू त्यो पदमा पुग्न लागेकाले प्रधानमन्त्रीले सहयोग गर्नुपर्ने उनले बताउँदै आएकी छन् । मुख्यसचिवका लागि प्रधानमन्त्री कार्यालयका सचिव पौडेल, त्रिलोचन उप्रेती, निर्वाचन आयोगका सचिव कोइराला, अख्तियारका भवगतीकुमार काफ्ले, ऊर्जाकी हाडा, महिला तथा बालबालिका मन्त्रालयका बालानन्द शर्मा पौडेल, उद्योगका उमाकान्त झा, गृहका सुशील राणालगायत १२ जना सचिव सक्रिय दौडमा छन् । २४ असोज ०६४ मा एकैपटक नियुक्त भएका २७ सचिवमध्ये हाल १३ जना बहाल छन् ।

तपाईको प्रतिक्रिया