बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024
काठमाडौं- नेपाल प्रहरीले पनि निकट भविष्यमै खाना पकाउने एलपी ग्याँसको प्लान्ट सञ्चालन गर्ने भएको छ ।
प्रहरी प्रधान कार्यलयमा आज आयोजित पत्रकार सम्मेलनमा एलपी ग्याँयको प्लान्ट सञ्चालन गर्न लागेको जानकारी दिईएको हो ।
ग्याँस प्लान्ट स्थापनाका लागि स्थान छनौटलगायतका विषयमा विस्तृत अध्ययन भइरहेको प्रहरी प्रवक्ता विनोद सिंहले जानकारी दिए ।
प्लान्टका लागि चितवन, नवलपरासी, धादिङ र नुवाकोटलगायतका सम्भावित स्थानमा अध्ययन भइरहेको छ ।
यस अघिनै नेपाली सेनाले काठमाडौं र ललितपुरमा दुई, नेपाल प्रहरीले काठमाडौं र बारामा दुई र सशस्त्र प्रहरी बलले काठमाडौं, भक्तपुर, चितवन र कास्कीमा चार वटा पेट्रोलपम्प सञ्चालन गरिरहेका छन् ।
यसैवीच प्रहरीले चारित्रिक प्रमाणपत्र लिनेहरूलाई सुविधा पुगोस भनेर नईन्टर नेटबाटै फारम भर्ने व्यवस्था मिलाउन लागेको जनाएको छ ।

तपाईको प्रतिक्रिया