शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

कोलोराडो – नयां टेक्नोलोजी आविष्कारगरी ब्यापार ब्याबसायमा अमुल्य योगदान पुर्‍याए बापत अमेरिकामा एक नेपालीले राष्ट्रिय एवार्ड हातपार्न सफल भएका छन् ।

अथक परिश्रमबाट नेटवर्क सेक्यूरिटी सिष्टम बिकासगरी त्यसको सफल परिक्षण पछि “आउट स्ट्न्डिक इप्लिमेन्ट टेक्नोलोजी एवार्ड” नाम गरिएको उक्त एवार्ड कोलोराडो निवासी बासु भवानी दाहालले हात पार्न सफल भएका हुन ।

नयां प्रविधीले ग्रोसरी स्टोरहरुमा ग्राहाकले प्रयोग गर्ने कार्डको जानाकारी चुहावट रोकी चोरी नियन्त्रणमा गर्न, प्रयोग समय कम भई स्टोरहरुमा ग्राहाकको लाईन घटाउन समेत ठुलो सहयोग पुर्‍याएको बताईन्छ । यतिमात्र होईन नयां सिष्टम सुरु गरेपछि स्टोरहरुमा पर्ने धेरै समस्याहरु घटेको, समस्या परीहाले पनि समाधान गर्न धेरै सजिलो भएको बासुको दावी छ ।

अमेरिकास्थित एक राष्ट्रिय म्यागजिन सि एस न्यूजलेले बर्षभरिको सर्भेक्षणबाट दाहालको प्रविधी उत्कृष्ट ठहर्‍याई उनलाई एवार्ड दिने निर्णय गरेको हो ।

अमेरिका भर लाखौंको संख्यामा रहेका भलेरो, बृटिस प्रेटोलियम, कोनोको, भिसाकार्ड, भेरीफोन, माष्टरकार्ड जस्ता कम्पनीले प्रयोग गर्दै आएको प्रविधी भन्दा बासु दाहालले आबिष्कार गरेको प्रबिधी सुरक्षित र भरपर्दो भएको कारण उनलाई यो सम्मान प्रदान गरिएको सि एस न्यूजले जनाएको छ ।

सम्मान समारोहमा बासुले अमेरीका भरबाट आएका बिभिन्न कम्पनीका प्रतिनिधीका अगाडी आफुले आबिष्कार गरेको प्रबिधी प्रस्तुत गर्दा सबै सहभागीहरुको र्समर्थनको तालीपाउनुको साथै सयौं अमेरीकी कंम्पनीका प्रमुखहरुबाट स्याबासी पाएका थिए ।

एवार्ड प्राप्त गर्दाको क्षण संझदै बासु भन्छन् । बिशेष तरिकाबाट सिंगारिएको बिशाल हलमा सयौं अमेरीकीहरुको अगाडि सम्मानीत हुंदा शिर सगरमाथा जस्तो ठाडो र छाती समथर मैदान झैं फुकेको भान भएको थियो । तत्कालिन अबस्थामा आफु सपना हो वा बिपना हो भनेर पटक पटक झस्केको उनी बताउछन् । सम्मान पछि धेरैले बधाई दिदै तिमर्ीर् इन्डिएन हौ भनी सेधेका थिए । त्यस अबसरमा आफुले गर्वको साथ नेपालको नाम लिएको र नेपाललाई बिश्वको सामु चिनाउने ठुलो अबशर पाएकोमा दाहाल गर्व गर्दछन् ।

सम्मान समारोहमा दाहाललाई सि एस न्यूजका इडिटरिङ्ग चिफ डन लम्बो ले एवार्ड हस्तान्तरण गर्दै सम्मान गरेका थिए । सि एस न्यूजको एघारौं कफ़रेन्समा उनलाई सम्मान गरिएको हो । सि एस न्यूजले बिगत ११ बर्षदेखि अमेरिका भर रहेका साना स्टोरमा स्योक्यूरिटी सिष्टममा प्रगोग गरिएका नयां प्रबिधीहरुको मुल्याङ्क गरी उत्कृष्ट ठहरिएको प्रविधीलाई एवार्ड प्रदान गर्दै आएको छ ।

के एण्ड जि कोनोको कम्पनीमा इन्फरमेसन टेक्नोलोजी डेरेक्टरको रुपमा कार्यरत बासुलाई सुरुमा आफु आबद्ध कम्पनी सानो भएको कारण आफुले आबिश्कार गरेको प्रबिधीको के मुल्याङ्कन होलार जस्तो भान भएको थियो । नोमीनेसनमा मात्र आफ्नो नाम पर्दा उनले त्यसैलाई गर्व ठानेका थिए । अहिले आफुले आबिष्कार गरेको सिष्टमको उच्च मुल्याङ्कन गर्दै लाखौं संञ्जाल भएका कम्पनीका अगाडि आफु सम्मानीत हुनपाउंदा त्यो खुसी ब्याक्त गर्ने शब्दनै नभएको बासुको भनाई रहेको छ ।

चितवनको भण्डारामा जन्मेका बासु अध्ययनको सिलसिलामा १९९७ मा अमेरिका पसेका थिए । जन्मभूमिमा बसेर त्यती ठुलो प्रगति केही गर्न नसके पनि कर्मभूमीबाट बिश्वको अगाडि गर्वका साथ मातृभूमिको नाम लिन पाउदा ज्यादै खुसी लागेको उनी बताएका छन् । ***

तपाईको प्रतिक्रिया