बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

टोकियो – अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको केन्द्रिय अध्यक्षमा गीता खत्री  (न्यूयोर्क) निर्वाचित हुनुभएको छ । हालै भएको अधिवेशनवाट अन्य दुई प्रतिस्पर्धीलाई उछिन्दै  खत्री  अध्यक्षमा निर्वाचित हुनुभएको हो । दुई वर्षे कार्यकालका लागि भएको निर्वाचनमा खत्रीले २ सय ४१ भोटका साथ अध्यक्षका प्रत्यासी अन्य दुई प्रत्यासी कमला प्रसाई (८७) र कृष्ण बजगाई (९३) लाई पराजित गर्नुभएको हो । यसैगरी बरिष्ठ उपाध्यक्षमा भने राधेश्याम लेकाली (नेपाल) यस अघि नै निर्विरोध निर्वाचित हुनु भएको थियो ।

यस्तै क्षेत्रिय उपाध्यक्षहरुमा एसिया क्रिशु क्षेत्री (म्यानमार) २ सय ५४ मत, यूरोपका तर्फवाट (बेलायत) का जगत राई नबोदित २ सय ८५ मत, उत्तर तथा दक्षिण अमेरिकाका तर्फवाट (फ्लोरिडा अमेरिका)का डा. विद्याराज सुवेदी २ सय ६५ मत, अष्ट्रेलिया तथा ओशियानाका तर्फवाट भिमसेन सापकोटा (स्वतन्त्र) तर्फवाट निर्विरोध चयन हुनुभएको छ ।

यसैगरी महासचिवमा कोलोराडो अमेरिकाका पदम विश्वकर्मा २ सय ४३ मत, सचिवमा टेक्सास अमेरिकाका बेदराज बस्नेत २ सय ७२ मतका साथ विजयी हुनुभएको छ । यसैगरी कोषध्यक्षमा भर्जिनिया अमेरिकाका नारायण अधिकारी निर्विरोध निर्वाचित हुनुभएको छ । ***

 

तपाईको प्रतिक्रिया