शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

टोकियो – अन्नपूर्ण तथा माछापुछ्रे हिमालको हिमताल फुट्न गई २०६९ साल बैशाख २३ सेती नदीमा आएको बाढीको कारण सर्दीखोला तथा माछापुछ्रे गाबिसमा ठूलो धनजनको क्षति भै बिचल्लीमा परेका व्यक्तिहरु, घाइते तथा मृतकका परिवारहरुको सहयोगार्थ एक्स बगर युथ क्लब पोखराले आहवान गरेको अर्थ संकलन अभियानमा सहयोग गर्ने सम्बन्धित सबैमा सो संस्थाले हार्दिक धन्यबादसहित आभार ब्यक्त गरेको छ । सो संस्थाका संस्थापक तथा पश्चिमान्चल क्षेत्रीय भलिबल संघ नेपालका निबर्तमान अध्यक्ष श्री गुरुङको पहलमा जापानबासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुबाट संकलन गरिएको राहत रकम २ लाख २१ हजार ४ सय ७० रुपैया आउंदो २०६९ साल आषाढ १६ गते शनिबार पोखरामा पत्रकार सम्मेलन गरि हस्तान्तरण गरिने भएको छ ।

रेडियो अन्नपुर्ण (९३.४) राहत कोषमा जम्मा गर्ने गरी सो संस्थाका स्टेसन मेनेजर अध्यक्ष दीपेन्द्र श्रेष्ठलाई उक्त रकम हस्तान्तरण गरिने भएको छ । लिटल स्टार २०१० पोखराका बिजेता समिर गुरुङ, एक्स बगर युथ क्लबका कोचहरु राजेन्द्र जीसी., चोकबहादुर गुरुङ र खेलाडिहरु क्रमश: सुशील गुरुङ, बुद्ध सिंहले हस्तान्तरण गरिने कार्यक्रम तय भएको बताईएको छ !

उक्त अभियानमा सक्रिय साथ दिने बुद्धिकला गुरुङ (तोगोसिगीन्जा), मदन गुरुङ (तोगोसिगीन्जा), एक्स बगर युथ क्लबका खेलाडि ज्ञामबहादुर गुरुङ (योकोहामा) साथै करातेका राष्ट्रिय खेलाडि नरेश जीसी  (सुगीनामी-कु) लगायतलाई एक्स बगर युथ क्लब पोखराको तर्फबाट पहलकर्ता श्री गुरुङले हार्दिक धन्यबाद ब्यक्त गर्नुका साथै उक्त दुखद घडीमा चन्दा दिई सहयोग गर्नुहुने सम्पूर्ण महानुभाबहरुमा हार्दिक आभार एवं कृतज्ञता ब्यक्त गर्नुभएको छ । ***

तपाईको प्रतिक्रिया