शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

सहभागिताका लागि नाम दर्ता गर्न आग्रह

टोकियो – आवासीय बिदेशी नागरिकहरुका लागि आगामी जुलाई ९ तारिख देखि परिबर्तन हुन गईरहेको नयाँ आवास प्रवन्ध प्रणाली सम्बन्धि जानकारी दिने उद्देश्यले टोकियो क्षेत्रिय अध्यागमन ब्यूरो (ईमिग्रेशन) ले पर्सी सिन्जुकुमा नेपाली भाषामा सेमिनारको आयोजना गरेको छ ।  जापान  अध्यागमनको परिबर्तन हुन गईरहेको नयां नियम सम्बन्धि जानाकारी दिने उद्देश्यले उक्त सेमिनार हुन लागेको हो । सिन्जुकु कु मा बसोबास गर्ने  नेपालीहरुको बिशेष अनुरोधमा नेपालीहरुका लागि पनि  उक्त सेमिनार हुने भएको हो ।

जसअनुसार  पर्सी २० तारिख बुधबार सिन्जुकुको काबुखिचोमा दिउसो १:३० बजेदेखि ४:०० बजेसम्म उक्त बिषयमा सेमिनार हुने भएको छ । उक्त सेमिनारमा श्रोत ब्यक्तिकारुपमा अध्यागमन ब्यूरोका प्रशासन शाखाका सहायक निर्देशक योसिआकी सावादा रहनेछन् भने नेपाली भाषामा अनुवादकर्ताको पनि ब्यवस्था रहने जनाईएको छ ।

उक्त सेमिनारमा श्रोत ब्यक्ति सावादाले जुलाई ९ देखि परिबर्तन हुन गईरहेको नयाँ आवास सम्बन्धि जानकारीका बिषयमा ४५ मिनेट प्रवचन दिने कार्यक्रम रहने छ भने अर्को ४५ मिनेट प्रश्नोत्तर गरिने छ । यसैगरी सहभागीहरुलाई भाषाअनुसार बिभिन्न समुहमा बिभाजन गरी दोभाषेमार्फत थप जानकारी गराईने छ भने अर्को १ घण्टा जापान आगमन, आवास परिक्षणकासाथै दैनिक जीवनमा आईपर्ने बिभिन्न समस्याहरुका बारेमा परामर्श कार्यक्रम रहने बताईएको छ ।

सेमिनारमा अधिकतम सहभागि संख्या ३० जना निर्धारण गरिएकोले समयमै सम्पर्क राखी सहभागिताका लागि नाम दर्ता गराउनुपर्ने कल्सल्टेशन सपोर्ट सेन्टर फर फरेन रेसिडेन्ट सिन्जुकु कि को-अर्डिनेटर यामामोतो युमीले बताईन् । उक्त सेमिनार सम्बन्धि थप जानकारीका लागि समुद्रपारि डट कम हेर्दै गर्नुहोला ।

सेमिनार हुने समय:
२०१२ जुन २० बुधबार, दिउसो १:३० बजेदेखि ४:०० बजेसम्म

सेमिनार हुने स्थान :
Consultation Support Center For Foreign Residents
Hygeia 11 Floor
2-44-1 Kabukicho, Shinjuku -Ku
Tel: 03-3202-5535

तपाईको प्रतिक्रिया