बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

मैले लुसी ग्रे को बारेमा थिएँ सुनेको

एका विहान जंगलको टो जादै गरेको

ती शान्त बालिका भेटने अवसर जुरेको !!!
उनी संगी साथी कोही चिन्दैनथिन्

जंगलवीचको एउटा छाप्रोमा बस्थिन्

ती सुन्दरी मानब बस्ती टाढा रहन्थिन् !!!
तिमी देख्नसक्छौ मृगको पाठो खेलेको

हरियो घाँसमाथि खरायो उफ्रदै गरेको

तर लुसी भेटिने आशा कहिले नरहेको !!!
आज राती आँधिवेरी आउँने छ

तिमी शहर अवश्य जानुपर्ने छ

उज्यालोको लागि लाल्टिन लिएर जाउ

हिउको बाटो आइरहेकी आमालाई सघाउ !!!
म अवश्य गर्नेछु त्यो बाबा

दोपहरको समय हुँदै छ अव

चर्चको घडीमा दुई बज्दै छ

चन्द्रमा उ त्यही क्षितिजमा छ !!!
त्यतिखेर बाबु लागे दाउरा काट्न

बटुलेर ती सबै लागे भारी बांध्न

लुसी लाल्टिन लिई हिडिन् काम साध्न !!!
पहाडी मृग निश्चिन्त उफ्रेसरी

उनका कदमले हिउँ माडिदा खेरी

छताचछुल्ल उछिट्टियो हिउँ धुँवासरी !!!
आँघी आयो समयभन्दा नै पहिले

भौतारिइन् ती नसोचेको भयो कहिले

लुसीले यति डाँडाकाँडा चढिनन्

आमा घर फर्किन उनी शहर पुगिनन् !!!
दुखित आमाबावुले खोजे कराउँदै रातभर

न केही देखियो, न भेटियो, न केही खबर

सघाउने कोही थिए न त कसैको थियो भर !!!
विहानीमा एउटा डाँडोमा उभिए

जहाँबाट झाडीका सबैभाग देखिए

एउटा काठे साँघु त्यहाँबाट देखियो

जो उन्को घरबाट एक कोश थियो !!!
यतिखेर उनीहरु रुदै घर फर्कदै थिए

तिमीलाई स्वर्गमा भेटौंला भन्दै थिए

जब आमाले भूइको बरफतिर हेरिन्

लुसीका पाउका पद चिन्हहरु देखिन् !!!
डाँडाको टाकुरोबाट ओरालो झरे

ती ससाना पद चिन्हको पीछा गरे

काँडाघारी र लामो ढुंगे पर्खाल पार गरे !!!
हिंड्दै गर्दा एउटा खुला मैदान गरे पार

एकनाशका ती पाइला पछ्याउनै हतार

पुगे त्यो पुलसम्म मन बनाउदै दोधार !!!
हिउँले ढाकिएको पुलको किनारा पछ्याए

एकएक पाइला हेर्दै हेर्दै काठे साँघु आए

आधा साँघुसम्म पुगेका ती पाइला हराए !!!
त्यो दिनदेखि आजसम्म विश्वास गरिन्छ

जीवितै छन् सुन्दर लुसी ग्रे भेट्न सकिन्छ

सुनसान झाडी, जंगलवीच देख्न सकिन्छ !!!
उकाली ओराली र मैदानमा उनी एक्लै हिडेर

मधूर गीत गाँउछिन् अनि हेर्दिनन् पछि फर्केर

मीठो गीत गुंञ्जन्छ हावाको सुसेलीमा मिलेर !!!

 

नेपाली अनुवाद: जीवराज बुढाथोकी 

 

तपाईको प्रतिक्रिया