शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024
पोखरा- फिल्म छायाङ्कनमा नायिका रेखा थापा घाइते भएकी छन् । ‘जाउँहिड पोखरा’को छायांकनका क्रममा नायिका थापा घाइते भएकी निर्देशक शोभित बस्नेतले जानकारी दिए ।
१५ फिट माथीवाट हाम फाल्ने क्रममा नायिका घाइते भए पनि स्थिति सामन्य रहेको बस्नेतले समुद्रपारिलाई बताए । ‘रेखाले जमिनमा फर्म राख्दा रियालिटी आउँदैन भनेर राख्न मानिन्,’ उनले भने, ‘त्यसो हुँदा चोट लाग्यो ।
नायिका थापा र नायक जिवन लुइँटेलले ४ पटक सम्म टेक ओके गर्न सकेका थिएनन् । तर, पाचौं पटक हाम फाल्दा रेखाको खुट्टामा गम्भीर चोट लागेको हो ।
रेखाको पोखरास्थित श्रृजना चोकको मेट्रो सिटी अस्पतलामा उपचार भइरहेको छ । उनको जीवनकथामा आधारित फिल्ममा रेखा नै मूख्य भूमिकामा छिन् ।

तपाईको प्रतिक्रिया