मंगलबार, बैशाख ११, २०८१
Tuesday, April 23, 2024

 आहा हामी सबैका चिल्ला गाला

जनताको करको निकालेर छाला

कोही सजिएका छौं टाईसुटमा

कोही दौरासुरुवाल र कालो बुटमा !!!

 

हामी सबैका हँसिला अनुहार

जन्ता रुदैछन् मागेर हार गुहार

कसैका आँखामा चश्मा टल्कीएका

चिल्लागाडी र क्वार्टरमा पल्किएका  !!!

 

बर्षौ गर्यां मोज सुख सयल

संविधान सभामा भएर गयल

संविधान बनेन नबने के भो त

सुके सुक्छन कराउनेहरुका् ओठ !!!

 

छ महिना पछि बुनौला तानाबाना

अरु बेमान म ठीक भनी गरौंला बहाना

बिदेश पनि गइयो बोइङ पनि चढियो

विदेशीका संविधानपनि पढनु पढियो !!!

 

सबै बुझियो धुमियो नेपाल आइयो

रमझममात्र याद छ अरु पोलेर खाइयो

अहिले आएर अव एउटै चिन्ता

बाबुरामका मात्रै रहेछन् दिन त !!!

 

अब उपाय सोचौं कसरी भाड्ने

बनाउँ बाबुरामलाई सत्ता छाड्ने

हेरौं अझै उपाय छकि यता तेता

देश जता जाओस् हामीनै नेता !!!

 

 

तपाईको प्रतिक्रिया