बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024
दुबई (युएई)– नेपालबाट आउनु भएका नेपाली कांग्रेसका युवा नेता तथा नुवाकोटबाट महासमिति सदस्य बहादुरसिंह तामाङलाई नेपाली जनसम्पर्क समिति युएईले स्वागत तथा सम्मान गरेको छ । सो सम्मान गत ११ मे शुक्रबारका दिन अबुधावीको इब्राहिम रेष्टुरेण्टमा भएको अन्तरक्रिया कार्यक्रममा गरेको हो ।
उक्त अन्तरक्रिया कार्यक्रम नेपाली जनसम्पर्क समितिका अध्यक्ष चित्रबहादुर केसीको अध्यक्षतामा भएको थियो भने समितिका उपाध्यक्ष खेमराज बस्नेत, महेश मोक्तान, सह–महामन्त्री चन्द्र बिक्रम सारु, कोषाध्यक्ष गुन्जमान गुरुङ, अबुधावी क्षेत्रीय समितिका अध्यक्ष कृष्ण गौतम तथा समितिका अन्य सदस्यहरु उपस्थित भएका थिए । सो कार्यक्रमलाई महामन्त्री मिन रानाभाटले गरेका थिए ।
सो अवसरमा विभिन्न वक्ताहरुले आ–आफ्ना मन्तव्यहरु राखेका थिए । नेपाली कांग्रेसले सबै समुदायलाई समेटेर लैजानु पर्नेमा जोड दिनु भयो भने सबै पार्टीहरु नेपाली कांग्रेसको एजेण्डामा आएमा मुलुकले छिट्टै निकास पाउने युवा नेता तामाङले बताउनु भयो । उहांले कांग्रेसले अघि सारेको पूर्नसरचना सम्बन्धि एजेण्डा नै ठीक भएको भन्दै युएईस्थित जनसम्पर्क समितिले गरेको संगठन बिस्तारलाई खुलेर प्रशंसा गर्नु भयो ।
नेपाली जनसम्पर्क समिति युएईका अध्यक्ष चित्रबहादुर केसीले युएईमा गरेको संगठन विस्तारलाई चर्चा गर्दै नेपालमा भइरहेको जाति–जाति बीचको झगडाले निकास नपाई यहि अवस्थामा रहयो भने मुलुक आन्तरिक झगडामा फस्ने र शान्ति बहाल कहिल्यै नहुने बताउनु भयो ।
अध्यक्ष केसीले युवा नेता तामाङलाई खादा ओढाएर सम्मान–पत्र दिएर सम्मानित समेत गर्नु भएको छ । युवा नेता तामाङले आफ्नो युएई भिजित एउटा सफल रहेको बताउनु भएको छ ।

तपाईको प्रतिक्रिया