शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024
मुम्बई- हिजोआज दर्शकलाई उत्तेजक दृश्य समावेश गरिएका फिल्म देखाएर पैसा कमाउने खेलोमा हलिउड, बलिउड मात्रै होइन स्वदेशी फिल्मकर्मी पनि उत्साहित हुन थालेका छन् । अभिनयका कारणभन्दा पनि चुम्बन, बेड सिन र सेक्स सिनबाट ह्वात्तै चर्चा पाइने भएकाले पनि एडल्ट फिल्मको ओइरो लाग्न थालेको हो ।
यस्तै मध्येको बलिउडको एक फिल्मको सुटिङमा नायिकाले चुम्बन गर्दा नायकको ओठ नै टोकिदिएकी छन् । ‘संघाई’ नामक फिल्मको चुम्बन दृश्यको सुटिङका क्रममा कल्की कोचलिनले उत्तेजनामा प्रसेनजितको ओठ टोकेर घाउ नै बनाइदिएकी छन् । उक्त घटनाको दृश्यांश इन्टरनेटबाट चुहावट भएपछि मात्रै खबर सार्वजनिक भएको हो ।
कल्कीले पनि ओठ टोकिएको खबरलाई स्वीकार गर्दै भनेकी छन्, ‘निर्देशकले नायकमाथि जाई लाग्न भनेका थिए र कट नभनेसम्म चुम्बन जारी राख्न पनि भनेकाले यस्तो भएको हो,’ उनले चुम्बन गर्दाको समय आफूहरूले सुटिङ हो भन्ने पनि बिर्सिन पुगेको बताइन् । त्यसो त कल्कीलाई उक्त दृश्यको सट दिन सजिलो भने भएन । निर्देशक दिवाकर वनर्जीले बताए अनुसार सुरुमा कल्की हरेक पटक टेक खाएपछि अर्को कोठामा गएर रुन्थिन् । तर जब वनर्जीले कडिकडाउ गरेर कट नभनिन्जेलसम्म अभिनय जारी राख्न भनेपछि भने कल्कीले ओठै टोकिदिने गरी चुम्बन गरिदिएकी थिइन् । फिल्ममा नायिकाले प्रेम सम्बन्ध प्रगाढ बनाउने उद्देश्यले नायकलाई आक्रामक ढंगले चुम्बन गरिएको बताइएको छ ।
‘देव डी’ बाट बलिउड डेब्यु गरेकी कल्कीले ठीक एक वर्ष पहिले सोही फिल्मका निर्देशक अनुराग कश्यपसँग लगनगाँठो कसेकी थिइन् । ‘जिन्दगी नामिलेगी दोबारा’ बाट पनि उनले राम्रो प्रशंसा बटुलेकी थिइन् ।

तपाईको प्रतिक्रिया