बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024

टोकियो – नागोयामा बिशेष समारोहको आयोजना गरी यहि मई ५ तारिख शनिबारका दिन शान्तिका अग्रदूत गौतम बुद्धको २५५६ औ जन्मजयन्ती विविध मनोरञ्जनपूर्ण साँगीतिक कार्यक्रमसहित मनाईने भएको छ ।

म्याग्देली सञ्जाल जापानको कार्यक्रममा आमन्त्रित कलाकारहरु खड्ग गर्बुजा, जितु नेपाल र मुना थापाको बिशेष साँगीतिक एवं हास्य प्रस्तुतीसहित नागोयामा बुद्धजयन्ती मनाईने भएको हो ।

नेपाल आदिबासी जनजाती महासंघ जापानको आयोजनामा हुन गईरहेको सो बुद्धजयन्ती समारोहमा शान्ति पूजापाठ, बुध्द दर्शनबारे चर्चा-परिचर्चा र बुद्धको जन्मस्थलबारे फैलिएको भ्रमपूर्ण सन्देशबारे गहन छलफल गरिने छ भने दोश्रो चरणमा अतिथि कलाकार लगायत स्थानिय कलाकारहरुको साँगीतिक तथा हास्य प्रस्तुती रहेको साँस्कृतिक कार्यक्रम हुने भएको छ । सान्ग्यो बुन्का सेन्टर टोयोटासिटीमा हुन गईरहेको उक्त कार्यक्रमको प्रवेश शुल्क ३ हजार येन राखिएको छ ।

नेपाल आदिबासी जनजाती महासंघ जापानको आयोजनामा ५ तारिख नागोयामा र महासंघ र अन्तरराष्ट्रिय नेवाः फोरम जापानको आयोजनामा ६ तारिख चिवाकेनमा हुन गईरहेको बुद्धजयन्ती समारोहलाई सफल पार्न म्याग्देली सञ्जाल जापानले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । जसअनुसार ५ तारिख नागोयामा हुन गईरहेको कार्यक्रममा सरिक हुन दर्जनौ म्याग्देलीहरु नागोया जाने भएका छन् भने ६ तारिख चिवाकेनमा हुन गईरहेको बुद्धजयन्ती समारोहमा पनि सक्रिय सहभागिता र सहयोग गर्ने सन्जालका अध्यक्ष महेन्द्र खड्काले बताए । ***

थप जानकारीका लागि:

तपाईको प्रतिक्रिया