बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024
टोकियो- तमु धीं जापानका महासचिव कुमार तमुले दिएको राजीनामा अस्वीकृत भएको छ ।
तमु धीं जापानको आकस्मिक बैठकले केही दिन अघि संस्थाका महासचिवले तमुले दिएको राजीनामा अस्वीकृत गर्दै फिर्ता गर्ने निर्णय गरेको हो । संस्थाका नीतिगत विषयमा विवाद भएपछि तमुले राजीनामा दिएका थिए ।
अप्रिल २९ मा कोहुम्बुचो स्टेशन नजिकमा अवस्थित सिद्धार्थ रेस्टूरेन्टको हलमा धींका अध्यक्ष हर्क तमुको अध्यक्षतामा बसेको बैठकले राजीनामा फिर्ता लिने निर्णय गरेको हो ।
बैठकमा आपसमा देखिएका विवादहरु छलफलबाटै समाधान गर्ने सहमति भएको छ । तमु धींको बैठकमा सदस्यहरुले आफ्ना कमी कमजोरीहरुलाई आत्मालोचना गर्दै अघि बढ्ने सहमति भएको छ ।
समितिका सदस्य तथा पदाधिकारीहरुले विवादित विषयमा आ-आफ्नो धारणा राखेका थिए ।
बैठकले यही आउँदो मई ६ तारिखमा अन्तर्राष्ट्रिय नेवाः फोरम जापान तथा नेफिन जापानको संयुक्त आयोजनामा बुद्ध जयन्ती मनाउने निर्णय गरेको छ । कार्यक्रममा संस्थाको तर्फबाट उपस्थिति ब्यापक बनाउने निर्णय भएको जारी प्रेस विज्ञप्तीमा उल्लेख छ ।
तपाईको प्रतिक्रिया