शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

सञ्जालको अध्यक्षमा पुनः खड्का, प्रायोजकहरु सम्मानित

टोकियो – नेपालबाट आमन्त्रित कलाकारहरु खड्ग गर्बुजा, जितु नेपाल मुन्द्रे र मुना थापाको बिशेष साँगीतिक एवं हास्य प्रस्तुती रहेको कार्यक्रम “म्याग्देली स्वर्णिम साँझ” सोमवार टोकियोमा सम्पन्न भयो ।

कार्यक्रममा लोक तथा दोहोरी गायक खड्ग गर्बुजाले आफ्ना थुप्रै चर्चित लोकभाकाहरु गाएर दर्शकहरुलाई भावुक बनाए, नचाए र आफ्नै गाउँघर र परिवेशको सम्झना दिलाए भने मुना थापाले पनि आफ्ना बहुचर्चित लोकगीतहरु गाएर दर्शकहरुको साँगीतिक तृष्णा मेटाईन् । यसैगरी जिरे खुर्सानीका हास्य कलाकार जितु नेपाल मुन्द्रेले मुलुकको राजनैतिक तथा सामाजिक बिसंगतिप्रति ब्यङ्ग्य कस्दै दर्शकहरुलाई हसाए । उनीहरुलाई जापानमै रहेका रामकृष्णबम मल्ल, ऋषि पौडेल, सूर्य खड्कालगायतका कलाकारहरुले आ-आफ्ना साँगीतिक प्रस्तुतीले सघाएका थिए ।

सो कार्यक्रमको प्रमुख अतिथि जापानका लागि कार्यवाहक राजदूत तापस अधिकारीले पानसमा बत्ति प्रज्वलन गरेर उदघाटन गरेका थिए भने उपस्थित महानुभावहरुलाई आयोजक सँस्थाका उपाध्यक्ष तथा कार्यक्रम संयोजक महेन्द्र वानियाले स्वागत मन्तब्य राखेका थिए ।  सामुहिक राष्ट्रियगानबाट शुरु भएको सो कार्यक्रममा कलाकारहरुलाई सँस्थाका अध्यक्ष महेन्द्र खड्का, सल्लाहकार तिलक मल्ल, कलाकार आमन्त्रणमा सहयोगी भूमिका निर्बाह गर्ने देवेन्द्र भण्डारी र सरला केसी बस्नेतले फूलको गुच्छा र खादार्पण गरी स्वागत गरेका थिए ।

यसैगरी कार्यक्रमलाई बिभिन्न ब्यवसायिक कम्पनी तथा ब्यक्तिहरुले प्रायोजन गरी सफल पार्न महत्वपूर्ण भूमिका निर्बाह गरेका थिए । ती कम्पनीका सञ्चालकहरुलाई पनि कार्यक्रममा खादार्पण गरी सम्मान गरियो । सम्मानित प्रायोजक कम्पनी तथा ब्यक्तिहरुमा टिबिआई ग्रुप, सिटी एक्सप्रेस, जापान मनि एक्सप्रेस, जेनिथ मनि एक्सप्रेस, आईएमई, कानेसिरो इन्टरनेशनल, देउराली भट्टी, माया रेष्टुरेन्ट, काठमाण्डु रेष्टुरेन्ट, सेरेने ट्राभल, आमा रेष्टुरेन्ट, सूर्यसी रेष्टुरेन्ट, मिलन रेष्टुरेन्ट, आई-किचेन, मन्दिर रेष्टुरेन्ट, एशियन बजार, बाराही फुड्स एण्ड स्पाईस सेन्टर, लुम्बिनी रेष्टुरेन्ट, मयुर कर्पोरेशन, जोन छन्त्याल र चिरिञ्जिवी शाह रहेका थिए ।

कार्यक्रममा निर्वाचन समितिका संयोजक शरदकुमार गौचनले सोही दिनको पूर्वान्हमा भएको सञ्जालको अधिवेशनले पुनः महेन्द्र खड्काको अध्यक्षतामा गठित नयाँ कार्यसमितिको घोषणा गरेका थिए । जसअनुसार अध्यक्ष महेन्द्र खड्का (सिंगा) वरिष्ठ उपाध्यक्ष महेन्द्र वानिया (बेनी) उपाध्यक्ष खेमराज पौडेल (सिंगा), उपाध्यक्ष देवेन्द्र भण्डारी (मुना), सचिव खेम मल्ल (देविस्थान) सहसचिव चिरिञ्जिवी शाह (गौश्वारा) कोषाध्यक्ष लिल केसी (मराङ), सहकोषाध्यक्ष दिलु भण्डारी (मुना), सहकोषाध्यक्ष प्रेम पुन (दर्मिजा) रहेका छन् । यसैगरी सदस्यहरुमा बिष्णु वानिया (बेनी), सरला केसी बस्नेत (बाबियाचौर), बेलबहादुर तिलिजा (शिख), ज्ञानेन्द्र केसी (घतान), हेमन्त शेरचन (बाबियाचौर), पवित्रा पुन (दर्मिजा), शान्ति भण्डारी (मुना), राधिका सापकोटा (बरंजा)  राजेन्द्र गौचन (पूर्णगाउँ) र किस्मत वानिया (पुलाचौर) रहेका छन् ।

यसैगरी म्याग्देली सञ्जालको सल्लाहकारहरुमा तिलक मल्ल, शरदकुमार गौचन, ध्रुब भट्टचन, गमप्रसाद जुग्जाली, शरद शेरचन, छक्कू उदासी, याम खड्का, जोन छन्त्याल र दीपक मल्ल रहेका छन् ।

अन्तमा कार्यक्रमका सभापति महेन्द्र खड्काले कार्यक्रम सफल बनाउन सहयोग गर्ने अतिथिगण, प्रायोजनकर्ता, कलाकार, दर्शक महानुभाव लगायत मिडियाकर्मी सबैमा हार्दिक धन्यबाद ज्ञापन गर्दै कार्यक्रमको समापन गरेका थिए ।

चरणबद्ध कार्यक्रमको सञ्चालन क्रमशः सचिव खेम मल्ल, सल्लाहकार जोन छन्त्याल र कलाकार जितु नेपालले गरेका थिए । ***

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया