बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

टोकियो –  नेपाली साहित्यको विकास, विस्तार तथा संरक्षणको लागि स्थापित विश्व नेपाली साहित्य महासङ्घको मलेशिया शाखा साहित्यकार जीवन देवानको अध्यक्षतामा गठन भएको छ ।

साहित्य महासङ्घ केन्द्रिय महासचिव विश्वासदीप तिगेलाको समेत उपस्थितिमा भएको स्रष्टा भेलाले उपाध्यक्षमा दिलीप राई ‘सगर’, सचिव श्रीजन श्री, सहसचिव मणि राई ‘गोठाले’, कोषाध्यक्ष गनिन्द्र विवस र सदस्यहरु निरज सापकोटा, राजकुमार तेयुङ ‘तरेबा’, भिम स्नेही, जितेन राई रहनु भएको छ भने नयाँ नेतृत्वको घोषणा संगै अघिल्लो कार्यसमितिलाई धन्यवाद ज्ञापन गरेको थियो ।

महासंघ स्थापना पछि तेस्रो शाखा बनेको मलेशिया शाखा लामो समय निष्कृय भएको कारण साहित्य महासंघ केन्द्रीय समितिको गत २८ जनवरीमा सम्पन्न बैठकले औपचारिक विघटन गरि साहित्यकार देवानलाई संयोजक तोकेको थियो ।

तपाईको प्रतिक्रिया