शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024
टोकियो- जापानले म्यान्मारलाई दिएको ३ अबै ७० करेाड डलरभन्दा बढी ऋण मिनाहा गर्न सहमति जनाएको छ ।
जापानले म्यान्मारलाई पुनः विकास सहयोग समेत गर्ने भएको छ । दुवै देशका नेताहरुले टोकियोमा भएको वार्तामा यगुन नजिक विशेष आर्थिक क्षेत्र बनाउने योजनाको पनि सम्झौता गरेका छन् ।
झन्डै ५० वर्ष प्रत्यक्ष सैनिक शासन अन्त्यपछि पछिल्लो डेढ वर्षयता म्यान्मारले राजनीतिक र आर्थिक सुधार थालेको छ । म्यान्मार प्राकृतिक स्रोतमा धनी भएपनि जनता गरिब छन् ।
राष्ट्रपति थेन सेन तीन दशकयता जापान भ्रमण गर्ने म्यान्मारका पहिलो नेता हुन् । उनले सन् २०१० नोभेम्बरमा म्यान्मारको सत्ता सम्हालेका थिए ।
ऋण मिनाहा र सहयोग पुनः सुचारु गर्ने घोषणा थेन सेन र जापानी प्रधानमन्त्री योसिहिको नोडाले गरेका हुन् ।

तपाईको प्रतिक्रिया