शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

टोकियो- जापानमा बिगत ८ बर्ष अगाडि देखि लगातार रूपमा संचालन गरिंदै आइरहेको बुद्द जयन्ति कार्यक्रमलाई अझ भब्यरुपमा मनाउन केहि महिना अगाडि २५५६ औं बुद्ध जयन्ति आयोजक समिति गठन गरिएको छ । समितिले यहि आउँदो मे महिनाको ६ तारिख आईतबारको दिन चिबाकेनको इचिकावास्थित सिन्सेइ बिहारमा २५५६ औं बुद्ध जयन्ति समारोहको आयोजना गर्न गइरहेको छ ।

विभिन्न देशको पाठ्यक्रम तथा म्युजियम वा अन्य त्यस्तै स्थानहरुमा गौतम बुद्धको जन्मस्थान बारेमा गलत प्रचार भईरहेको सन्दर्भमा नेपाल सरकारले यस बर्षलाई लुम्बिनी भ्रमण बर्षको रूपमा घोषाण गरिएको भए पनि देश भित्र र बाहिर रहेका सम्बन्धित निकायहरुबाट अहिलेसम्म खासै प्रभावकारी अभियानहरु थालिएको देखिदैन । भगवान बुद्ध अर्थात नेपालको बिभूति गौतम बुद्ध हाम्रो देश नेपालको लुम्बिनीमा जन्मेको हो भन्ने सत्यलाई हामी सम्पूर्ण नेपाली नागरिकको तर्फबाट जोडदारकारुपमा उठाई अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउनु कार्यक्रमको मुख्य उद्देश्य रहेको आयोजक समितिले जनाएको छ ।

उक्त कार्यक्रममा सहभागी भई समारोहको गरिमा बढाई दिन जापानबासी सम्पुर्ण नेपाली दाजुभाई, दिदीबहिनीहरुमा आयोजक समितिले हार्दिक अनुरोध गरेको छ ।

कार्यक्रम सम्बन्धि जानकारी:

मिति: ६ मई, २०१२ आइतबार
समय : १० बजेदेखि १५ बजेसम्म
प्रवेश शुल्क : १,००० येन (७ बर्ष भन्दा तलका बालबालिकाहरुलाई नि:शुल्क)
सिन्सेइ बिहारमा जाने तरिका तलको होमपेजलाई हेर्नु हुन अनुरोध छ । <http://www.shinseiji.jp/08_access/index.html>

सम्पर्क:
NIFJ Tel/Fax:                      03-3311-6475
Prachanda Bajracharya   090-1551-6941
Dhruba Bhattachan           090-3312-4325
Jiwan Shakya                        090-3669-5965
Sukuman Thing Tamang   090-6470-4492
Rajeeb Shrestha                   090-6302-9151
Pasang Sherpa                      080-3366-0465

 

तपाईको प्रतिक्रिया