शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

टोकियो – टोकियोका २३ वटा वार्डहरु मध्य सामरिक महत्वका हिसाबले बिशेष महत्व राख्ने ओता कु ले आफ्नो क्षेत्रमा बस्ने बिदेशीहरुसंग सम्पर्क र सम्बन्धमा बिकास तथा बिस्तार गर्दै आपसी हितका लागि सहकार्य बढाउने उद्देश्यले आगामी जुन ३ तारिखका दिन एकदिवसीय युनिभर्सल ओता फेष्टिबल गर्ने भएको छ ।

फेष्टिबलमा बिभिन्न देशका कला र सँस्कृति झल्काउने खालका साँस्कृतिक झाँकी, म्याराथुनलगायतका खेलकुद आदि कार्यक्रमहरु समावेश गरिने भएका छन् । ओता स्टेडियममा हुने फेष्टिबलमा उत्साहजनक बिदेशीहरुको सहभागिताका लागि आयोजकहरुले हार्दिक अपिल गरेका छन् ।

‘हामी बिदेशीहरुसंग पारस्परिक हेलमेल बढाएर राम्रो सम्बन्ध स्थापित गरी आपसमा संभावित सहयोग आदान-प्रदान गर्न चाहान्छौं, खासगरी ओता कु मा बसोबास गर्ने नेपालीहरुको संख्या अधिक रहेको छ, नेपालीहरुसंग हामी हातेमालो गर्न चाहान्छौं, युनिभर्सल फेष्टिबलमा उपस्थित भईदिनु हुन हाम्रो अनुरोध छ’- बिगत १७ बर्ष देखि नियमित नेपाल जाने गरेका समाजसेवी डा. हिरोआकी कोबयासीले भने । ’ओता क्षेत्रबासी नेपालीहरु र यहाँका जापानी समुदायबीच राम्रो घुलमिल होस् र धेरैभन्दा धेरै जापानीले नेपाललाई चिन्न सकून् भन्ने हाम्रो चाहना हो’ – उनले भने ।

‘हानेडा अन्तरराष्ट्रिय विमानस्थल पनि ओता कु मै पर्ने भएको हुँदा यो वार्ड धेरै अर्थमा अरु वार्ड भन्दा महत्वपूर्ण छ, त्यसैले यहांका बिदेशीहरु र जापानी समुदायबिच सुमधुर सम्बन्ध आवश्यक छ’ – उनले थपे ।

फ़ेष्टीबल बिगत केही बर्षदेखि हुदै आएको बुझिएको छ । ***

 

तपाईको प्रतिक्रिया