शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

टोकियो – साईतामा केनको तोदा क्षेत्रमा रहेको एउटा पार्कमा एक जना नेपाली मृतक अवस्थामा फेला परेका छन् ।

उनी बागलुङ जिल्ला नरेठाँटी – ३ का योगेन्द्र गैरे भएको प्रहरीबाट थाहा भएको छ । ३ बर्ष अगाडि कुक भिसामा जापान आएका गैरे केही समयदेखि बेरोजगार अवस्थामा रहेको बुझिएको छ । उनी कामको खोजीमा फुकुओका, फुकुसीमा हुँदै साईतामा आईपुगेका थिए ।  घरबिदामा नेपाल गएका गैरे २ महिना अगाडि मात्र जापान फ़र्केका थिए ।

प्रहरीले उनको पहिचान गरेपछि नेपाली दूतावासमा जानकारी गराएको थाहा भएको छ । दूतावासकाअनुसार मृतक गैरेको शव नेपाल पठाउने तैयारी भईरहेको छ । उनको मृत्युबारे थप जानकारी पुष्टी हुन सकेको छैन ।

बेरोजगारी अवस्थामा रहेका गैरै अधिक मादक पदार्थ सेवन गर्ने कुलतमा फसेको चिनेजानेकाहरु बताउँछन् । उनको नेपालमा बाबा, आमा, श्रीमती र २ छोरा छन । ****

 

तपाईको प्रतिक्रिया