बुधबार, बैशाख ०५, २०८१
Wednesday, April 17, 2024
नयाँ दिल्ली- बलिउड अभिनेता साहरुख खानलाई अमेरिकाको न्युयोर्कस्थित विमानस्थलमा अध्यागमन अधिकारीहरुले दुई घण्टा नियन्त्रणमा लिएको घटनाको अमेरिकाले शुक्रबार माफी मागेको छ ।
निजी विमानबाट उद्योगपति नीता अम्बानीसाथ न्यूर्योक पुगेका साहरुखलाई अध्यागमले नियन्त्रणमा लिएपछि लेक्चर ढिला सुरु भएको थियो । नीता उक्त विश्वविद्यालयकी पूर्व छात्रा हुन् । साहरुखले आफूलाई पटक पटक अमेरिकी अध्यागमनले दुःख दिने गरेकोसमेत गुनासो गरेका छन् ।
भारतीय विदेश मन्त्री एसएम कृष्णाले यस घटनाबारे अधिकारीहरुसँग जानकारी माग्न अमेरिकास्थित भारतीय राजदूत निरुपमा रावलाई निर्देशन दिएका छन् ।
साहरुखलाई अध्यागमनले नियन्त्रणमा लिएको यो घटना पहिलो होइन, सन् २००९ मा पनि उनी दुई घण्टा अध्यागमनको नियन्त्रणमा परेका थिए ।

तपाईको प्रतिक्रिया