बुधबार, बैशाख ०५, २०८१
Wednesday, April 17, 2024
काठमाडौं- नेपाल सरकारले सञ्चालन गरेको सरसफाई अभियानमा चलचित्रकर्मीहरुले पनि रत्नपार्कमा झाडु कुचो लगाएका छन् ।
राष्ट्रिय स्वयमसेवी अभियानमा एक पटक भएपनि स्वयमसेवी भएर देखा परेका कलाकारलाई सरकारले जसरी ढिला समयमा यो अभियनामा सरिक हुन आग्रह गरेको थियो त्यसैगरी सरकारले कलाकारहरुलाई पन्जा र मास्क विना सरसफाईमा अभियनमा सरिक गराउदा उनीहरुले नरमाईलो माने ।
बुधबार दिउँसो एक बजे करिब ५० को संख्यामा पुगेका कलाकारहरुले एउटा बेल्चा र झाडुको भरमा रत्नपार्कको शान्ति बाटिका सफा गरे । अशोक शर्माले भुईको गोबर बेल्चाले उठाउदै गर्दा गायक राजेश पायल राईले सो फोहरलाई डोकोमा थाप्दै गर्दा उनी गोबरको गन्धले झण्डै बेहोस भए । ‘घरमा पनि गरिएको थिएन यस्तो काम तर मास्क उपलब्ध गराईदिएको भए अझै राम्रो हुन्थ्यो’, एक हातले फोहर र एक हातले नाक थुन्दै राजेशले भने ।
सरसफाई कार्यक्रममा अभिनेत्रीहरु बसुन्धरा भुषाल, मौसमी मल्ल, झरना थापा, नन्दिता केसी, बिनिता बराल, रागिनी खड्गी, गायिका निशा सुनुवार लगायतको उपस्थिति थियो भने अभिनेता तर्फ राजबल्ल्भ कोईराला मात्र सरिक थिए ।

तपाईको प्रतिक्रिया