बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024
काठमाडौं– नेकपा एमालेले माओवादीले कांग्रेसलाई सत्ताको लोभ देखाएको हुन सक्ने आशंका गरेको छ ।
एमाले पोलिट्ब्युरो सदस्य एवं प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले शान्ति प्रक्रिया टुंगोमा पुगेपछि सत्ता नेतृत्व दिने लोभमा कांग्रेस कतिपय विषयमा लचिलो भएको हुन सक्ने बताएका छन् । ‘यदि त्यस्तो हो भने यो गम्भीर कुरा हो,’ उनले भने ।
शान्ति प्रक्रियाबारेका कतिपय छलफलमा कांग्रेस चाहेभन्दा लचिलो भएको भन्दै एमालेले यसअघि पनि सचेत गराएको थियो । एमाले महासचिव ईश्वर पोखरेलले राजधानीमा आयोजित कार्यक्रममा कांग्रेसलाई लक्षित गर्दै भनेका थिए, ‘साथीहरु माओवादीको गुलियोमा नफँस्नुहोस् ।’
नेता ज्ञवालीले सेनाको व्यवसायिकतामा असर पर्ने काम एमालेले गर्न नदिने स्पष्ट पारे । उनले सर्वोच्चको फैसला मान्दै जेठ १४ भित्र संविधान जारी हुनेमा विश्वास दिलाए ।

तपाईको प्रतिक्रिया