बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024
काठमाडौं– नायिका रेखा थापाका श्रीमान् एवं निर्माता छवि ओझाले सन्यास लिने भएका छन् । दुई पटक सन्यास घोषणा गरेका उनले नयाँ फिल्म रावण रिलिज भएपछि सन्यास लिने बताए ।
छविले निर्माण गरेको ‘युगदेखि युगसम्म’ फिल्मबाट नायक राजेश हमालले डेब्यु गरेका थिए । उनले अहिलेसम्म १३ वटा फिल्म निर्माण गरेका छन् ।
नायिका रेखासँगको सम्बन्ध चिसिएपछि पनि उनी फिल्म क्षेत्रबाट टाढिन लागेको अनुमान गरिएको छ । महिनामा २० दिन उनीहरुबीच बोलचाल हुँदैन ।  सन्यासपछि लामो घुमघाममा निस्कने उनले जानकारी दिए । तर घुमघाममा रेखा भने नहुन सक्ने उनको अड्कलवाजी छ । ***

तपाईको प्रतिक्रिया