बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024
इटहरी- नेपालका अग्ला सुनसरी इटहरी निवासी राजन अधिकारी  एमालेमा प्रवेश गरेका छन् ।
एमालेद्धारा इटहरीमा आयोजित एक कार्यक्रममा नेता केपी ओली, बामदेव गौतम, विद्या भण्डारीलगायतले टीका र फुल दिएर मञ्चमा राखि एमाले प्रवेश गराए ।
राजन अधिकारी फाउण्डेसन स्थापना गरी सामाजिक कार्यमासमेत सक्रिय भएर लागेका अधिकारी यसअघि कुनै पार्टीको सदस्यता लिएका थिएनन् । मञ्चमा राजनलाई देखेपछि एमाले नेताहरु माधवकुमार नेपाल, ओली, गौतम, भरतोहन अधिकारीलगायतले तस्बिर खिचेका थिए ।
केही दिनअघि राष्ट्रपति डा। रामवरण यादवलाई भेट्न काठमाडौं गएर २ महिना बसी २ लाख सकाएर फर्केका अधिकारीले कांग्रेस र माओवादीका नेताहरुलाई आफ्नो अभियानलाई सहयोग गर्न आग्रह गर्दा भेटसमेत गर्न नदिएको गुनासो गर्दै आएका थिए ।

तपाईको प्रतिक्रिया