शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024
काठमाडौं– उपप्रधानमन्त्री एवं गृहमन्त्री विजयकुमार गच्छदारको दल मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकसँग आबद्ध स्वतन्त्र प्रजातान्त्रिक ट्रेड यूनियन महासंघको तेस्रो महाधिवेशनमा तनाव भएको छ ।
गच्छदारका नाममा महाधिवेशनलाई आफ्नो कब्जामा राख्न नसकेपछि पार्टीका केही नेताहरुको इशारामा बन्द सत्रमै महिला उप महासचिवमाथि हातपात भएको छ । ललितपुरस्थित स्टाप कलेजको सभाकक्षमा चैत २३ गतेबाट सुरुभएको महाधिवेशनको तेस्रो दिन विधान संशोधनसम्बन्धी प्रस्तावमा छलफल भइरहँदा अध्यक्ष गच्छदारनिकटका केही व्यतिmहरुले महासंघ कब्जा गर्ने चुनौति दिँदै महासंघका उपमहासचिव कर्म पोतेलगायत अन्य पदाधिकारीहरुमाथि हातपात गरेको थियो ।
अध्यक्ष कृष्णप्रसाद सुवेदीले योजनाबद्ध तरिकाले अध्यक्ष गच्छदारनिकटका व्यक्तिहरुले महाधिवेशन भाँडन उपद्रो मच्चाएको आरोप लगाएका छन् । ‘निन्दनीय कार्यको जत्ति निन्दा गरे पनि कम हुन्छ,’ उनले भने, ‘संस्थालाई पार्टीको कमारो बनाउने धृष्टता कसैले नगरोस भन्ने चेतावनी दिन चाहन्छौं ।’
गच्छदार निकटका व्यक्तिले हस्तक्षेपप्रति केन्द्रीय समितिका बहुसँख्यक पदाधिकारीहरुले प्रतिकार गरेपछि महाधिवेशन स्थगन भएको सुवेदीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया