बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024
विराटनगर- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले माओवादी लडाकुको समायोजन सातबुंदे सहमती भन्दा वाहिर गएर हुन नसक्ने बताउनुभएको छ ।
विराटनगर विमानास्थलमा आज संचारकर्मीहरुसंग कुरा गर्दै नेता नेपालले  विषेश समितिले सातबुंदे सहमती अनुसार सेना समायोजनको लागी मापदण्ड , विधि , प्रकृया तय गर्ने र त्यसै आधारमा नेपाली सेनाले काम गर्ने बताउनु भयो । उहांले विषेश समितिले तयार गरेको आधारलाई नेपाली सेनाले पालन गरी माओवादी लडाकुको दर्जा निर्धारण गर्ने हुंदा योग्यले ठुलै पदपनि पाउन सक्ने र योग्य नहुने छाटिनसक्ने बताउनुभयो ।
माओवादी शान्ति प्रकृयापनि नटुंग्याउने, संविधानपनि नबनाउने , सत्तामा बसिरहने र विद्रोहको आधारपनि तयार गर्दै जाने आशंका उब्जीएकोले त्यो आशंका माओवादीले ब्यवहारिक रुपमै मेट्नसक्नुपर्ने नत्र माओवादीलाई विश्वास गर्न नसकिने नेता नेपालको भनाई थियो ।
नेता नेपालले चैत्र ३० गते सेना समायोजनको काम सकिए प्रधानमन्त्रीले सातबुंदे सहमती अनुसार राष्ट्रिय सरकार गठन गर्न ब्ँटो खोल्नुपर्ने र त्यो भएन भने पुनः शान्ति  र संविधान निर्माण प्रकृया अबरुद्ध हुने समेत चेतावनी दिनुभयो ।
शान्ति र संविधान निर्माणमा एमाले बाधक बनिरहेको भनाई आइरहेको प्रति नेता नेपालले आफ्नो गल्ती कमजोरीलाई ढाकछोप गर्न लगाएको आरोपमात्र भएको स्पष्ट पार्नुभयो ।

तपाईको प्रतिक्रिया