बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024
काठमाडौ- एमाले नेता केपी शर्मा ओलीले वर्तमान सरकारले संविधान जारी नगर्ने र अनन्तकालसम्म सत्तामा बसिरहने षडयन्त्र गरिरहेको आरोप लगाएका छन् ।
सहिद रत्नकुमार बान्तवाको ३३औँ स्मृति दिवसमा राजधानीमा शनिबार आयोजित कार्यक्रममा उनले भने— ‘माओवादी अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री डा बाबुराम भट्टराई संविधान जारी गर्न खोजेजस्तो गर्ने तर जारी नगर्ने र जेठ १४ पछि संविधानसभा भङ्ग गरी अनन्तकालसम्म सरकारमा बसिरहने षडयन्त्रमा हुनुहुन्छ ।’
उनले जातीयताको आधारमा सङ्घीयतामा जान नहुने बताउँदै जातीयताको आधारमा सङ्घीयतामा जाने हो भने सयभन्दा बढी सबै जातिलाई नै राज्य दिनुपर्ने बताए ।
बाहुन र क्षेत्रीलाई अन्य जातिमा राखिएकोतर्फ सङ्केत गर्दै नेता ओलीले भने— ‘अस्ति भर्खर अङ्गीकृत नागरिकता लिएकाहरु धरतिपुत्र हुने तर सबैभन्दा बढी सङ्ख्या रहेको जाति अन्य जाति हुने परिभाषा नै गलत छ, यो आयातित परिभाषा हो । ’
विसं २००८ मा इलाममा जन्मिएका बान्तवाको पञ्चायती व्यवस्ताविरुद्धको सङ्घर्षको क्रममा २०३५ सालमा प्रहरीबाट इलाममा हत्या भएको थियो ।

तपाईको प्रतिक्रिया