शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडौं- नेकपा एमालेका अध्यक्ष झलानाथ खनालले शान्ति र संविधानको काम नसकिएसम्म राजधानी नछोड्ने बताएका छन्।

शान्ति र संबिधान निर्माणमा जनस्तरबाट सुझाब लिने क्रममा सुरु गरिएको बिषेश टेलिफोन सम्वादको तेस्रो दिन मुस्ताङका दलका नेता, नागरिक समाजका अगुवा, वुद्धिजीवी र महिला प्रतिनिधिहसँग कुरा गर्दै अध्यक्ष खनालले यस्तो धारणा राखेका हुन्।

निवास डल्लुबाट गरिएको सम्बादमा अध्यक्ष खनालले मुस्ताङका एमाले अध्यक्ष चन्द्रमोहन गौचन, कांग्रेस जिल्ला नेता आनन्द शेरचन, नागरिक समाजका अगुवा रामचन्द्र अधिकारी र महिला प्रतिनिधि जमुना थकालीसँग कुराकानी गरे।

उहाँले जेठ १४ भित्रै संबिधान जारी गरि समुन्नत नयाँ नेपाल निर्माण गर्ने बाहेकको अर्को कुनै विकल्प नरहेको बताउनुभएको उहाँको निजी सचिवालयले जनाएको छ ।
तपाईको प्रतिक्रिया