मंगलबार, बैशाख ११, २०८१
Tuesday, April 23, 2024
दमौली- नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् सेना समायोजन विशेष समितिका सदस्य रामशरण महतले यही चैत ३० गते भित्रमा सेना समायोजन भई माओवादीले हतियार बुझाए मात्रै जेठ १४ भित्र नयाँ संविधान जारी हुन सक्ने बताएका छन् ।
नेपाल प्रेस युनियन तनहुँद्वारा शनिबार दमौलीमा आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा नेता डा महतले माओवादीभित्र अझै पनि हतियार दम्भ रहेको चर्चा गर्दै हतियार सरकारलाई बुझाई शिविर खाली नभएसम्म शान्ति र संविधान निर्माणका काम अगाडि बढ्न नसक्ने बताए ।
विगतका राजाहरूजस्तै माओवादीहरू कानुनभन्दा माथि रहेको भन्दै उनले माओवादीलाई नव सामन्तवादको संज्ञा दिए ।
जातीय, भाषिक, सांस्कृतिक, भूगोल, इतिहास र सामथ्र्यलाई पहिचान गरी बढीमा ६ वटा प्रदेश बनाउन आवश्यक हुने तर्क उनको थियो ।
सङ्घीय महँगो व्यवस्था भएकाले देशले धान्न सक्ने गरी आर्थिक क्षेत्रलाई समेट्ने गरी भूगोल र इतिहासको पहिचान रहने सङ्घीयता बनाउनुपर्ने सुझाव उनको थियो ।

तपाईको प्रतिक्रिया