शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024
काठमाडौं- प्रधानमन्त्री डा. बाबुराम भट्टराईले शान्ति प्रकृया निष्र्कषमा पुग्नै लागेकाले अब संविधान निर्माणतिर सम्पूर्ण ध्यान केन्द्रीत गर्त सवै राजनीतिक दलहरुलाई आव्हृवान गर्नुभएको छ ।
सत्य निरुपण तथा मेलमिलाप आयोग, वेपत्ता सम्वन्धि आयोग लगायतको टुंगो लगाउन आइतवार अर्थात चैत २६ गते तीन दलको वैठक बस्न लागेको र त्यसै दिन बस्ने सेना समायोजन बिशेष समितिको वैठकले समायोजनका बाँकी कुरा पनि टुंग्याउने भएकाले त्यसपछिका दिनहरुमा सम्पूर्णरुपले संबिधान निर्माणमा केन्द्रीत हुन प्रधानमन्त्रीले आह्वान गर्नुभएको हो ।
भोलि २६ गते देखि ३० गतेसम्म सबै राजनीतिक पार्टीहरुवीचमा नियमित र वृहद् सम्वाद गरि सहमतिमा पुग्नुको विकल्प नभएको प्रधानमन्त्रीले बताउनु भयो । आगामी ३० गते भित्रै शान्ति प्रक्रियालाई टुंग्याउनु पर्ने र संविधान निर्माणका काममा पनि आधारभूत सहमतिमा पुग्नुको विकल्प नभएको प्रधानमन्त्रीको ठहर छ ।संविधान जारी गर्नुपर्ने मिती अर्थात जेठ १४ गते आउन करिव ५० दिनमात्र बाँकी रहेकाले झिनामसिना कामलाई पर राखि समग्र राष्ट्रिय महत्व बोकेको  संबिधान निर्माण प्रक्रियाको छलफलमा गम्भीर भएर जुट्न उहाँले सहकर्मी दलका नेताहरुलाई आव्हृवान गर्नुभएको छ ।
प्रधामन्त्रीले यो ऐतिहासिक घडिमा राजनीतिक दलहरु एकतावद्ध भएर अगाडि बढेमा सुनौलो दिन धेरै टाढा नभएको बताउनु भएको छ । संबिधान निर्माणका विवादीत बिषयहरुमा सहमति जुटाउने अन्तिम मिति बैशाख ५ गतेसम्म तोकिएकाले त्यसअघि नै राज्यपुनसंरचना, शासकीय स्वरुप लगायतका महत्वपूर्ण बिषयमा गम्भीर छलफल गर्न उहाँले दलहरुलाई आव्हृवान गर्नुभएको हो । छलफल, सहमति र सहकार्याबाट नै निष्कर्षमा पुग्न सकिने प्रधानमन्त्रीले विश्वास व्यक्त गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया