शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024
काठमाडौं– मिस नेपाल– २०१२ का लागि २३ जना प्रतिस्पर्धी छानिएका छन् ।
इन्टरनेशनल क्लव सानेपामा भएको अन्तिम स्पर्धामा २३ जना छानिएको आयोजक हिडन ट्रेजरका अध्यक्ष गोपाल सुन्दर लाल कक्षपतिले जानकारी दिए । उनका अनुसार ती २३ जनाले मिस नेपालका लागि भिड्न पाउनेछन् ।
द हिडेन ट्रेजरको आयोजनामा सम्पन्न हुने यस पटकको प्रतियोगिता विगतको तुलनामा चाँडै हुन लागेको हो। बितेका प्रतियोगिताहरू अगस्ट महिनामा सञ्चालन हुँदै आए पनि यसपटक भने अप्रिल महिनामा सञ्चालन भएको छ। मिस नेपाल प्रतियोगिता विजेताले मिस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्नुपर्ने भएकाले पनि यस पटकदेखि मिस नेपाल स्पर्धा नयाँ सेड्युलमा गएको हो। कारण यस पटक मिस वर्ल्ड२०१२ आउँदो अगस्ट महिनामा चीनमा सञ्चालन हुँदैछ। मिस वर्ल्डको तयारीका लागि यथेष्ट समय चाहिने भएकाले पनि यस पटक मिस नेपाल प्रतियोगिताको आयोजना हुने मिति विगतको भन्दा अगाडि ल्याइएको आयोजक संस्थाले बताएको छ। यस अर्थमा अहिलेकी मिस नेपाल मलिना जोशी सबैभन्दा छोटो समयका लागि मिस नेपाल ताज पहिरिने सुन्दरी हुनेछिन्।
मिस नेपाल-२०१२ मा सहभागी हुन १९ देखि २५ वर्ष उमेर समूहका अविवाहित नेपाली युवतीले आवदेन दिएका छन् । आवेदन दिने युवतीको शैक्षिक योग्यता कम्तीमा दस जोड दुई वा सो सरह हुनुपर्ने, आकर्षक व्यक्तित्व तथा स्वस्थ शरीरको धनी हुनुका साथै शारीरिक उचाइ ५ फिट ४ इन्च हुनुपर्ने प्रावधान छ।

तपाईको प्रतिक्रिया