शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024
काठमाडौं– बर्लिन फिल्म महोत्सवमा छानिएको नेपाली फिल्म ‘हाइवे’ आउँदो असार १ गतेदेखि प्रदर्शन हुने भएको छ । यस फिल्ममा नेपालमा हुने गरेको राजमार्ग अवरोधको कथा छ ।
नेपालमा रिलिज भएपछि पनि यो भारत, जापान, कोरिया, अमेरिका र अफ्रिकाका विभिन्न महोत्सवमा घुम्ने सम्भावना रहेको वितरक नरेन्द्र महर्जनले बताए । हाइवेमा लुटका केही कलाकार पनि समावेश छन् । सौगात मल्ल, दयाहाङ राई, कर्मा, विनय श्रेष्ठलगायतले अभिनय गरेका छन् ।
दीपक रौनियारले निर्देशन गरेको यो फिल्ममा पत्रकार रविन्द्र मिश्रले पनि अभियन गरेका छन् ।

तपाईको प्रतिक्रिया