बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024
काठमाडौं- केही महिना हास्यश्रंखला मेरी वास्सैमा  अभिनय गरिसकेका हमालले बैशाख महिना भित्र तीतो सत्यमा पनि देखिने भएका छन् ।
तीतो  सत्यका निर्देशक दिपक राज गिरीका अनुसार दुई हप्ते यूके भ्रमणका क्रममा महानायकसंग स्टोरी जोडेर तीतो सत्यको कथामा नयाँ टेष्ट भर्न लागिएको  हो  ।
यो बिषयमा न्यूज बाहिरिएपछी दिपकले  भने ‘काम गर्नुभन्दा अघि थाहाँ पाउनु भएछ अब अलिकति सुन्नुस, पशुपतिको जात्रा सिद्राको ब्यापार भनेझै हामी कार्यक्रमको सिलसिलामा यूके जाने भएकाले सो समयमा बिदेशमा पलायन भएका कलाकारहरुको प्रसङ्गलाई जोडेर स्क्रिप्ट तयार गरेका छौ जुन तीन एपिसोड सम्म प्रसारण गर्ने लक्ष्य  छ ।’
हमालसंग तीतो सत्य टोली आउदौ २८ दुई साताका लागि यूके प्रस्थान गर्दैछ । जहाँ राजेशहमाललाई ट्रान्जिट पोईन्ट बनाएर नेपाली कलाकारको विदेश पलायन स्टोरी खिचिने दिपकले जानकारी गराए ।

तपाईको प्रतिक्रिया