शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024
सर्वोच्चद्वारा दरपीठ सदर
काठमाडौं- सर्वोच्च अदालतले संविधानसभाको म्याद अब थप गर्न नपाइने फैसला गरेको छ ।
संविधानसभाको म्याद थप सम्बन्धमा दरपीठ आदेश पुनरावलोकनका लागि सरकारले दिएको निवेदनउपर बुधबार भएको सुनुवाइमा न्यायाधीश कमलनारायण दासले दरपीठ सदर गरेपछि संविधानसभाको म्याद थप्ने बाटो बन्द भएको छ ।
यसअघि गत मंसिरमा सर्वोच्च अदालतले अन्तिम पटकका लागि ६ महिना मात्रै म्याद थप गर्न मिल्ने फैसला गरेको थियो । त्यसपछि प्रधानमन्त्री बाबुराम भट्टराई र सभामुख सुवास नेम्वाङले पुनरावलोकन निवेदन दिएका थिए । उक्त निवेदन सर्वोच्च अदालतको प्रशासनले दरपीठ गरेको थियो ।
त्यसपछि सरकारले पुनस् दरपीठउपर पुनरावलोकनका लागि निवेदन दिएको थियो ।तीन महिनाभन्दा बढि म्याद थप नगर्ने पक्षमा रहेको कांग्रेसले मंसिरमा सर्वोच्च अदालतको फैसलापछि ६ महिना म्याद थप गर्न सहमति जनाएको थियो । दलहरुले पनि सर्वोच्चको फैसलाअनुसार अन्तिम पटकका लागि भन्दै मंसिरमा संविधानसभाको म्याद ६ महिना थप गरेका थिए ।

तपाईको प्रतिक्रिया